
तीजमा दिनभर सुर्खेतको खुला मञ्चमा जे देखियो (फोटोफिचर)
प्रकाशित मितिः २७ भाद्र २०७५, बुधबार १७:५१
सुर्खेत । वीरेन्द्रनगरको खुला मञ्च बुधबार रंगिन बनेको थियो । महिलाहरुको पर्व हरितालिका तीजमा सयौं चेलीहरु तीजमा गाउँदै रमाईलो गर्दै खुला मञ्च भरी भराउ थियो ।
बागिना सुर्खेतले तीज विशेष कार्यक्रमको आयोजना गरेपनि कतिपय महिलाहरु आफ्नै सुरुमा समुहमा गोलवद्ध हुँदै नाच्दै रमाएका थिए । वागिनाले आयोजना गरेको तीज कार्यक्रममा सुर्खेतकी चेली चर्चित गायिका टिका पुनले तीजका गीतहरु गाएर सुर्खेतीलाई नचाइन् ।