☰ open Loading... 26 April 2024|  

सुर्खेती चेली ‘काउली बुढी’ : अद्भुत प्रतिभा र लुकेको कलाको खानी
  | १९ भाद्र २०७५, मंगलवार १४:१४

काठमाडौं । नेपाली समाजमा यस्ता प्रतिभा छन, जसलाई समाज र राज्यले अझै चिन्न सकेको छैन । लुकेका प्रतिभालाई नत राज्यले पहिचान गर्न सकेको छ नत समाजले नै उनीहरुलाई अगाडि बढाउन सकेको छ । अरुको प्रगति देखी नसक्नी समाजको चरित्रले गर्दा पनि धेरै त्यस्ता प्रतिभाका खानी भएका ब्यक्तीहरु ओझेलमा पर्दै गएका छन ।

पछिल्लो समय पाँच मिनेटको भिडियोले आफूलाई भाइरल बनाएको बताउनुहुने काउली बुढी’ उर्फ सन्ध्या बुढाको पनि समाजले नचिनेको लुकेको प्रतिभाव देखेर नेपाली समुदाय दंग परेको छ ।

नेपाल आइडल सिजन- २ को काठमाडौँ अडिसनमा निर्णायकहरुलाई नै चकित बनाइदिने ‘काउली बुढी’ उर्फ सन्ध्या बुढाको चर्चा यतिबेला सामाजिक सञ्जालदेखि सबैतीर भाइरल भइरहेको छ ।

हाँस्यात्मक शैलीमा प्रस्तुत भएकी सन्ध्याको प्रतिभा देखेर संसारभरका नेपालीहरु नतमस्तक हुँदै आएका छन् । ‘प्रतिभा अद्भुत र लुकेको कला’ भनेर प्रशंसा गरेका छन्। ‘काउली बुढी’ बनेर सन्ध्या धेरै अगाडिदेखि चर्चामा आएपछि पछिल्लो समय भने यु ट्युबमा अझै भाइरल बनेको छ ।

सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या लोक गायिका हुन् । उनको आवाजमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाईसक्नुभएको भने केही गीतमा आफैले मोडलिङ समेत गरिसकेकी छन् ।

उनी ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिई सकेकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी हुन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छन् ।

देशका विभिन्न भागमा भएका ‘स्टेज शो’ हरुसमेत सञ्चालन गर्नुभएको सन्ध्या पछिल्लो समय जनता टेलिभिजनमा गायिका शोभा त्रिपाठीसँगको सहकार्यमा ‘लोकमाला’ कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । उनले आफनो प्रतिभाअनुसारकै कुनै फिल्म प्रस्ताव आए फिल्म खेल्नसमेत तयार रहेको बताइन् । #janatatimes