☰ open Loading... 9 July 2025|  

बजार

उच्च मूल्यमा स्थिर रह्यो सुन

उच्च मूल्यमा स्थिर रह्यो सुन

    प्रकाशित मितिः ६ चैत्र २०८१, बिहीबार १४:२०
हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।
च्याउको भाउ बढ्यो

च्याउको भाउ बढ्यो

    प्रकाशित मितिः ६ चैत्र २०८१, बिहीबार ०६:५२
बजारमा च्याउको मूल्यमा बढोत्तरी भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार च्याउको मूल्य बढेको देखाएको हो । समिति तथ्यांक अनुसार बुधबार कालीमाटी बजारमा कन्य च्याउको भाउ थोकमा प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार कन्य च्याउ किलोको ११६ रुपैयाँ थियो । हिजोको तुलनामा कन्य च्याउ आज १४ अरुपैयाँले बढेको हो ।
काजुको खुद्रा भाउमा ब्रह्मलुट

काजुको खुद्रा भाउमा ब्रह्मलुट

    प्रकाशित मितिः ५ चैत्र २०८१, बुधबार १३:२९
संघीय राजधानी काठमाडौं शान्तिनगरकी चाँदनी पराजुली सोमबार नयाँबानेश्वरको एउटा खाद्य स्टोरमा काजु, बदाम, ओखर र खजुरको मूल्यबारे जानकारी लिँदै थिइन् । त्यो खाद्य स्टोर सञ्चालकसँग मूल्यका विषयमा उनको निकै बेर छलफल पनि भयो । पसलेले काजुको भाउ किलोको २ हजार ६ सय रुपैयाँ रहेको बताए । चाँदनी एकछिन अवाक भइन् । किनकि, योभन्दा सस्तोमा उनले दसैंतिहारमै किनेकी थिइन् । दसैंतिहार भनेको काजु धेरै खपत हुने
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ५ चैत्र २०८१, बुधबार १२:३८
स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी आज दुई हजार ४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
दाङमा मकै उत्पादन बढ्यो

दाङमा मकै उत्पादन बढ्यो

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १५:३७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् । परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार ११:४४
स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन अहिलेसम्मकै उच्च एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ। सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु

च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:५४
जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार बिरामी परेका नौ जना
ठूलीभेरीमा नगर बस सञ्चालन

ठूलीभेरीमा नगर बस सञ्चालन

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:५१
राष्ट्रिय सडक सञ्जालसँग गत वर्षमात्रै जोडिएको डोल्पामा नगर बस सञ्चालनमा आएको छ । ठूलीभेरी नगरपालिकाले नगर बस सञ्चालन गरेर यात्रु ओसारपसार सुरु गरेको हो । गत सोमबारदेखि ३२ सिट क्षमताको बसले जुफाल, दुनै र त्रिपुराकोटसम्मको रुटमा यातायात सेवा सुरु गरेको नगरप्रमुख श्रवणकुमार बुढाले बताए । डोल्पा–जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा बेलिब्रिज बनेपछि २०८० वैशाख अन्तिमतिर डोल्पा सदरमुकाम दुनैमा बस
जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

    प्रकाशित मितिः ३ चैत्र २०८१, सोमबार ०७:०६
जिल्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख प्रोत्साह
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

    प्रकाशित मितिः २ चैत्र २०८१, आईतवार १२:२२
पटक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ। त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ । यसअघि पटक पटक मुद्दा दायर हु