मजस्तो फिरन्ते मान्छेसँग भेट्न प्रधानमन्त्रीलाई केको डर ?
प्रकाशित मितिः ४ असार २०८२, बुधबार १४:३५
नवराज बोहोरा कर्णालीमा ‘नवराज भेंडा’ उपनामले परिचित एक फिरन्ते अभियन्ता हुन् । वीरेन्द्रनगर नगरपालिका—६ का उनी मंगलबार खाली खुट्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेको विषय चर्चामा छ ।
करिब एक महिना लगाएर सुर्खेतबाट काठमाडौँ पुगेका उनी प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीमा भएका भ्रष्टाचार, बेथिति र समस्या राख्न चाहन्थे । उनलाई प्रधानमन्त्री कार्यालयमा ‘गोल्डस्टार’ जुत्ता दिएर फ








