☰ open Loading... 18 November 2025|  

बजार

दुई लाखको बाटोमा सुन

दुई लाखको बाटोमा सुन

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १३:१२
बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो
तीन दिनदेखि वीरेन्द्रनगरमा थन्कियो फोहोर

तीन दिनदेखि वीरेन्द्रनगरमा थन्कियो फोहोर

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार २१:५४
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोहोर फाल्न तिन दिनदेखि स्थानीयले रोकेका छन् । वीरेन्द्रनगर नगरपालिका –१ का स्थानीयहरुले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साईटमा प्रवेशमा रोक लगाएका हुन् । वीरेन्द्रनगर नगरपालिकाले विगतमा भएको मागहरुको बेवास्था गरेको भन्दै बलभद्र पुरीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । ल्याण्डफिल्ड साईट १ नम्वर वडामा पर्ने भएकाले प्रभावित क
कर्णाली सरकारको खर्च ३५ प्रतिशत

कर्णाली सरकारको खर्च ३५ प्रतिशत

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०८:४२
जेठ पहिलो सातासम्म कर्णाली प्रदेश सरकारको खर्च ३५ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ १० गतेसम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत छ । गत वर्ष यो समयमा ३०.६७ प्रतिशत खर्च थियो । सरकारले यो वर्ष ११ अर्ब ८ करोड १७ लाख ८५ हजार खर्च गरेको छ । जेठ १० गतेसम्म कर्णाली प्रदेश सरकारको खर्च प्रगति ३५ प्रतिशत हाराहारी भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचन
ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:३५
उदयपुरको सदरमुकाम गाईघाटमा पाउरोटीमा ढुसी परेकोबारे गुनासो गर्न जाँदा एक उपभोक्ता कुटपिटमा परेका छन्। त्रियुगा नगरपालिका-११, पुरानो गाईघाटका सुभनारायण ठाकुरले सोमबार अखाद्य वस्तु बिक्रीको विरोध गर्दा आक्रमणमा परेका हुन्। पीडित ठाकुरका अनुसार, छिमेकी २१ वर्षीय प्रशान्त चौधरी र त्रियुगा नगरपालिका-१२ बुद्धचोकका ३० वर्षीय सञ्जु चौधरीले आफूमाथि मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट ठाकुरको निधार, गाला
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:१८
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो। सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०
प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:०९
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ। बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको मनसुन निष्क्रिय हुँदा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ। मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिन निष

आजदेखि सार्वजनिक यातायात ठप्प

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार ०६:४७
यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्
लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १५:४४
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग
सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १४:०३
आइतबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ।
४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा  कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १०:५५
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए । सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थप