वीरेन्द्रनगरका वडालाइ विदेशी भाषा पढाउने होडबाजी
प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार २१:४०
वीरेन्द्रनगर नगरपालिकाका केही वडा कार्यालयहरुले जापानिज र कोरियन भाषा पढाउनका लागि होडबाजी चलाएको पाइएको छ । वडा कार्यालयको ५० प्रतिशत सहयोगमा भाषा पढाउने गरी सार्वजनिक विज्ञापन प्रकाशन गरेपछि वडा कार्यालयहरु आफै विवादमा तानिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १०, १३ र १६ नम्बर वडाले जापनिज, कोरियन, कम्प्यूटर, अंग्रेजी, आइएलटिएस, पीटीई र टोफेल भाषा अध्ययन गर्ने भन्दै १० दिने सार्वजनिक