पश्चिम नेपाल | २५ बैशाख २०८२, बिहीबार १४:२५
दैलेख उद्योग वाणिज्य सङ्घको चुनावमा फर्जी मत हाल्ने एमाले नेतालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्रबहादुर शाहीले भगवती माई गाउँपालिका वडा नम्बर ४ बस्ने नगेन्द्रबहादुर शाहीको शाही कृषि तथा पशुपन्छी फर्मको फर्जी मत हालेको पाइएको हो ।
भगवती गाउँपालिका वडा नम्बर २ बस्ने नगेन्द्र बहादुर शाहीले आफ्नो फम भएको भन्दै मत हालेको हुन् । जसले गर्दा भगवती माई गाउँपालिका ४ बस्ने नगेन्द्रबहादुर शाही मत अधिकारबाट बञ्चित भएका छन्।
मतदानस्थलमा खटिएका प्रहरी निरीक्षक देवीराम भण्डारीले फर्जी मत हालेको पाइएपछि जिल्ला कमिटी सदस्य समेत रहेका नरेन्द्रबहादुर शाहीलाई खोजी कार्य गर्न प्रहरी परिचालन भएको बताए ।


फोटो टाँसेर बनाइएको फर्जी कार्डमा



