☰ open Loading... 5 March 2025|  

बजार

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः ५ भाद्र २०८१, बुधबार १४:१२
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्य
टिकटक खोल्ने सरकारको तयारी

टिकटक खोल्ने सरकारको तयारी

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार १३:३२
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्
कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध

कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार ११:४२
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ। वि.सं. २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत रु छ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो। पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत रु एक करोड १८ लाख रकम प्रदान गरिएको थियो।
सुर्खेतमा मुक्ती पर्व यसरी मनाईयो

सुर्खेतमा मुक्ती पर्व यसरी मनाईयो

    प्रकाशित मितिः १ भाद्र २०८१, शनिबार १९:५६
सन्त निरंकारी मण्डल नेपालको सुर्खेत वीरेन्द्रनगर सत्संग भवन वीरेन्द्रनगर सुर्खेतमा भब्य कार्यक्रमको आयोजना गरि मुक्ति पर्व मनाईएको छ । सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावलको उपस्थितिमा मुक्ति मुक्ति पर्व मनाईएको हो । मुक्ति पर्वको अवसरमा आयोजित कार्यक्रममा सन्त निरंकारी मिसनको संन्देश जनमानिसमा पुयाउन बाबा अवतार सिंह जी महाराज, जगतमाता बुद्धवन्ती जी, राजमाता कुलवन्त कौर
कर्णालीमा भाद्र ४ गते बिदा हुने

कर्णालीमा भाद्र ४ गते बिदा हुने

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १९:४४
कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहीद दिवसको सन्दर्भ बनाएर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १३:१२
सुर्खेत बसपार्कमा पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक र कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ। हिल्सा यातायात प्रालि र संयुक्त यातायातबाट छुट्ने गाडीमा चढ्न यात्रुहरूले सास्ती खेप्नुपरेको हो। नेपाल प्रहरीको दुई भ्यानमा प्रहरी दिनहुँ गाडी छुट्ने ठाउँमा पुग्दा समेत यात्रुहरू तान्न छोडेका छैनन्। बसपार्क पुग्ने यात्रुहरूलाई दुई समितिमा आबद्ध कर्मचारी, गाड
पेट्रोल र डिजलको मूल्य घट्यो

पेट्रोल र डिजलको मूल्य घट्यो

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार २१:०५
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भए
दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च

दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १५:४३
दैलेखका स्थानीय तहले पछिल्लो समय ईन्धन (तेल) मा अचाक्ली खर्च गरेको पाइएको छ। उनीहरुले आवश्यकभन्दा पनि बढी तेलमा खर्च गरेको पाइएको हो। नारायण नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ५७ लाख २१ हजार ७ सय १० रुपैयाँको (अहिलेको दरभाउमा सरदर १७० रुपैयाँका दरले डिजेल र पेट्रोल झन्डै ३३ हजार ६ सय ५८ लिटर) तेल खर्च गरेको पाइएको छ। आधा करोड बढी रकम तेलमै नगरपालिकाले खर्च गरेपछि नगरपालिकामाथि प्रश्न समेत उठेको
बिहीबार सुनचाँदीको मूल्य स्थिर

बिहीबार सुनचाँदीको मूल्य स्थिर

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १३:२५
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
उपत्यकामा बढ्दो डेंगी संक्रमण

उपत्यकामा बढ्दो डेंगी संक्रमण

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार ०८:४९
केही दिनदेखि उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि डेंगी संक्रमितको संख्या वृद्धि हुन थालेपछि हेल्प डेस्क नै राखेर उपचार गर्न सुरु गरेको निर्देशक युवानिधि बसौलाले बताए। उनका अनुसार हाल यो अस्पतालमा तीनजना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन्। चार द