☰ open Loading... 10 March 2025|  

बजार

जाजरकोट भूकम्प पीडित: टीनको टहरोले छेक्दैन् पानी, ठूलो वर्षामा कसरी बस्ने?

जाजरकोट भूकम्प पीडित: टीनको टहरोले छेक्दैन् पानी, ठूलो वर्षामा कसरी बस्ने?

    प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार १३:२६
जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को छेपारे गाउँ भग्नावशेषमा परिणत भयो। कालोपत्रे हुँदै गरेको सडकको दायाँ र बायाँतर्फका झण्डै ८० भन्दाबढी घरहरु भत्किए। तत्कालीन अवस्थामा सरकारले उद्दार र राहतमा देखाएको तीव्रता पुर्ननिर्माण र पुर्नस्थापनामा नदेखाउँदा छेपारेको अवस्था दयनिय र कष्टकर छ। भुकम्प लगत्तै विभिन्न राजनीतिक दलहर
प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन

प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:३६
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन्। शनिबार अपराह्न ३ बजेदेखि उनले काठमाडौंको पशुपत क्षेत्रको मृगस्थलीबाट अनशन सुरु गरेका हुन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रधानमन्त्रीले पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताए।
गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ?

गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ?

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार ०९:४५
शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न बिहान उठ्ने बित्तिकै टहल्नु राम्रो हो । यस्तो बानीले शरीरमा ऊर्जा स्तर बढाउँछ । शारीरिक स्वास्थ्यको साथमा मानसिक र भावनात्मक स्वास्थ्यलाई पनि फाइदा गर्छ । नियमित रूपमा बिहान हिँड्ने बानीले कयौँ खतरनाक रोगको जोखिम कम हुन्छ । बिहानको पैदल यात्रा सबै उमेर समूहका मानिसका लागि फाइदाजनक मानिन्छ । विज्ञहरूका अनुसार बिहान बिहानै हिँडडुल गर्दा मानिसको प्रतिरक्षा प्
शुक्रवार सुनको मुल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्यो

शुक्रवार सुनको मुल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार १५:४८
शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँद
८ केजी बढी सुकुटी बरामद, सुकुटी ल्याउने फरार भएपछि आंशका

८ केजी बढी सुकुटी बरामद, सुकुटी ल्याउने फरार भएपछि आंशका

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार १५:०८
गोप्य सुचनाको आधारमा बांगेसिमल प्रहरी पोष्टबाट गस्तिमा खटिएका प्रहरीले सुकुटी ८ किलो ४२ ग्राम सुकुटी बरामद गरेका छन् । सुकुटी ल्याएर आउनेहरु फरार भएपछि सुकुटी बरामद गरेको प्रहरीले जनाएको छ । विहिवार राती ९ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका –२ फलाटे सुकुटी बरामद गरेको थियो । प्रहरीले सुकुटी ल्याउने ब्यक्ती पक्राउ गर्न नसकेपछि मिलोमत्तो भएको आंशका गरिएको छ । सुकुटी बरामदपछि जिल्ला प्रह
पानीले तिर्खाएको नेपालगन्ज

पानीले तिर्खाएको नेपालगन्ज

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार १३:०६
नल्कामा पानी आउन छाडेपछि नेपालगन्ज–१८ कारकाँदोस्थित बागेश्वरी डिजल सर्भिसका सञ्चालक दशु सिग्देलले दुई ट्यांकर पानी राप्ती नदीबाट ल्याएका छन्। धेरै पानी आवश्यक पर्ने र नल्कामा पानी आउन छाडेपछि राप्ती नदीबाट पानी ल्याउन उनी बाध्य भए। आफ्नो नल्कामा पानी आउन छाडेको र पानीको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारले उचित कदम चाल्नुपर्ने भन्दै भीम केसीले सामाजिक सञ्जालमार्फत पीडा व्यक्त गरेका छन्। यति
६ दिनको फरकमा १ घण्टा वितरण

६ दिनको फरकमा १ घण्टा वितरण

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ११:२५
गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या भएको छ । ‘राजधानी हो सुबिस्ता होला भन्छन्, यहाँ त प्यास मेट्ने पानी नपाइँदो रहेछ’, वीरेन्द्रनगर–१, बांगेसिमलका हरिन्द्र शाहीले भने , ‘हामी दैलेख (गाउँमा) हुँदा पानीको कुनै समस्या हुन
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ०९:०३
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वती
मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ०६:१२
महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता स
बचतकर्ताको रकम घरजग्गामा लगानी, १ अर्बभन्दा बढी अपचलन

बचतकर्ताको रकम घरजग्गामा लगानी, १ अर्बभन्दा बढी अपचलन

    प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार २३:११
ललितपुरको कल्याण उपकार वचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ५ वैशाखमा सहकारीको अध्यक्ष लिलाबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले पहिलो चरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार अहिलेसम्म २८३ जना व