
हिमपहिरो र चिसोका कारण २० को मृत्यु
प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:३२
अफगानिस्तान । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला तीन दिन यता कम्तिमा २० जनाको मृत्यु भएको अफगानी अधिकारीले शनिबार बताएका छन् ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा बिशाल हिमबर्षा भएको र थुप्रै स्थानमा दर्जनौ मानिसहरु हिउमा फसेका प्रान्तीय प्रशासनले जनाएको छ । वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिला