
फेसबुक हैन, वी-च्याट चलाउनछन चिनियाँ
प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:५०
पाटन क्याम्पसका सहप्राध्यापक रवीन्द्रनाथ भट्टराई साउन ४ मा काठमाडौंबाट चीन प्रस्थान गर्नुअघि बेइजिङमा रहेका आफ्ना साथीलाई फेसबुकमा लेखे, ‘आज म बेइजिङ आउँदै छु । तपाईंसँग भेटेर कुरा गरौँला है ।’
उनका निकै मिल्ने साथी तीन वर्षदेखि बेइजिङमा बस्दै आएका थिए । उनीहरूबीच फेसबुकमा नियमितजस्तै कुरा हुन्थ्यो । उनले काठमाडौंबाट हिँड्नुअघि सन्देश लेखे र केहीबेरमा बेइजिङ उडे ।
साथीसँग भेटेर धेरै कुरा गर्ने र