सहकारीको ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ३ जना पक्राउ
प्रकाशित मितिः २० भाद्र २०८२, शुक्रबार २२:३४
नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो ।
अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन






