सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालन
प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ०७:०२
सुर्खेतको भेरीगंगा नगरपालिकाका दुर्इवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो।
दुर्इवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्








