☰ open Loading... 3 November 2025|  

प्रदेश खबर

एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचरको भर

एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचरको भर

    प्रकाशित मितिः १७ कार्तिक २०८२, सोमबार १२:५५
एम्बुलेन्स नहुँदा रास्कोटका बिरामी अझै स्टेचरको भरमा अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको छ। विगत लामो समयदेखि कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको एम्बुलेन्स मर्मत नहुँदा बिरामी स्टेचरमा बोकेर अस्पताल सम्म पुर्‍याउनुपर्ने बाध्य आएको हो। गाउँका बिरामीलाई गाउँबाट नगर अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स अभावले स्टेचरमा राखेर अस्पताल पुर्‍याउनु परेको रास्कोटका युवा प्रकाश न्यौपानेले बताए। उनले भने ‘

कर्णाली प्रदेशसभा बैठक अनिश्चित

    प्रकाशित मितिः १७ कार्तिक २०८२, सोमबार ०८:२२
गत भदौ २४ गते कर्णाली प्रदेशसभा सचिवालयमा तोडफोड र आगजनी भयो । आगजनीका क्रममा २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुईवटा विषयगत समितिका भवनहरु पूर्णरुपमा ध्वस्त भए । जसका कारण कर्णाली प्रदेश सरकारले संसद् अधिवेशन आह्वान गर्न सकेको छैन ।

उपल्लो डोल्पामा आगलागीमा परी एक जनाको मृत्यु

    प्रकाशित मितिः १७ कार्तिक २०८२, सोमबार ०८:२०
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा आगलागी हुँदा २९ वर्षीया एक युवतीको मृत्यु भएको छ । स्थानीय पेम्मा तोर्चे लामाको घरमा आगलागी हुँदा उनकी २९ वर्षीया छोरी छिरिङ भुटी लामाको ज्यान गएको हो ।
सडक बनाउन स्थानीय युवाको श्रमदान

सडक बनाउन स्थानीय युवाको श्रमदान

    प्रकाशित मितिः १७ कार्तिक २०८२, सोमबार ०८:१३
कालीकोट सदरमुकामको जिरोपईन्ट नजिक सेरापाटामा अवरुद्ध सडक खुलाउन स्थानीय युवाले श्रमदान गरेका छन् । नौ महिनादेखि अवरुद्ध सडक मर्मतमा कुनै निकायले चासो नदिएपछि कालीकोट जिल्लामा उपलब्ध युवाहरूले श्रमदान गरेका हुन् । खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा २०८१ फागुनको तेस्रो साता पहिरोले सेरापाटा बजारको सडक भत्काएको थियो। महिनौदेखि सडक बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको

सुर्खेतमा कारागारबाट फरार कैदीसहित पाँच जना लागुऔषध (ब्राउनसुगर) सहित पक्राउ

    प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार १५:१८
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरबाट कारागारबाट फरार एक कैदीसहित पाँच जना व्यक्तिलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा कात्तिक १४ गते (२०८२/०७/१४) दुई फरक स्थानमा गरेको कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पहिलो घटनामा, वीरेन्द्रनगर नगरपालि

सुर्खेतमा विना बिल नक्कली चुरोट सहित एक जना पक्राउ

    प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार १५:१४
सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मुलपानीचोकबाट विना बिल–बिजक नक्कली चुरोट कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार साँझ करिब ८:३० बजेतिर प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उक्त क्षेत्रको ‘मेसी स्टोर’मा छापा मारेको थियो। छापामारीका क्रममा सो स्टोरका सञ्चालक करिब ३५ वर्षीय जीवन कुमार शाहीलाई खुकुरी ब्रान्डका २५ डण्डा (५०

अछामको साँफेबगरमा भीषण आगलागी

    प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार ०७:२४
अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो केहीबेर अघिमात्रै नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा आएको जानकारी दिए ।
जलेको कर्णाली प्रदेश सभा भवनको सामान्य सरसफाई समेत नगरेपछि मुख्यमन्त्री असन्तुष्टि

जलेको कर्णाली प्रदेश सभा भवनको सामान्य सरसफाई समेत नगरेपछि मुख्यमन्त्री असन्तुष्टि

    प्रकाशित मितिः ११ कार्तिक २०८२, मंगलवार १८:३५
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेश सभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका छन। प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै शीघ्र मर्मत र सरसफाइ अभियान सुरु गर्नु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो आज प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जिवराज बुढाठोकीसँग

डाँडाफयामा भालुको आतङ्क

    प्रकाशित मितिः १० कार्तिक २०८२, सोमबार ०७:५३
यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ । डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ । गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताए । यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताए
११ हजार ६ सयले घट्यो सुन

११ हजार ६ सयले घट्यो सुन

    प्रकाशित मितिः ९ कार्तिक २०८२, आईतवार ११:३५
साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा तोलामा ११ हजार ६०० रुपैयाँले सस्तो हो। गत सोमबार तिहार बिदाअघि सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी तोलामा ३ हजार