काम ठप्प पारेर आन्दोलनमा स्थानीय तहका कर्मचारी
प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार १५:२७
कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरू नगरपालिका र गाउँपालिकाको काम रोकेर आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा संशोधनको माग गर्दै वीरेन्द्रनगर झरेका कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी धर्ना सुरु गरेका हुन् । यति बेला स्थानीय तहहरू बजेट कार्यान्वयनको चटारोमा छन् । तर यसै समयमा कर्मचारीहरू आन्दोलनमा सहभागी भएपछि स्







