सुर्खेत विमानस्थल धावनमार्गमै देखियो पानीको पोखरी
प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार १५:२१
रन–वे मर्मत गर्दा जमिनमुनि पानीको पोखरी फेला परेपछि सुर्खेत विमानस्थल अझै दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दुई दिनभित्र रन–वेको ०.२ तर्फको भाग मर्मत सुरु गरेको थियो । यसका लागि मंगलबार र बुधबारका लागि विमानस्थल बन्द गरिएको थियो ।
तर, मर्मतका क्रममा चर्किएको भाग उत्खनन गर्दा रन–वेको मुनि पानीको पोखरी फेला परेपछि मर्मतको काम दुई दिन थपिएको नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जना









