☰ open Loading... 26 September 2025|  

प्रदेश खबर

अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती

अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती

    प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार ११:०२
जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंगाचाैर गाउँका बालराम नेपालीले आइतबार बिहान नेपालगन्जदेखि मोटरसाइकलबाट जुम्लाकाे यात्रा सरु गरे। उनी बिहान ठीक ११ बजे गगने खाेलामा पुगे। माथिबाट खसेको पहिरोले सडक बन्द भएकाले बालराम जुम्ला पुग्न सकेनन्। दिउँसोभर गगने खाेलामा निरन्तर परिरहेको पानीमै बसे। साँझपख पनि सडक खुलेन। रातभरि पानीले झन सास्ती दियाे। विजाेग बनायो। उनले फाेनमा भने, 'स-साना सवारीसाधन चल्ने अवस

रुकुम पश्चिममा पहिरोले पुरिएर एक जनाको मृत्यु

    प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार ०७:२४
जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए । उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फ

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार १७:०४
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१२ नेवारेको सडकखण्डबाट लागू औषध ब्राउनसुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ ७ः३० बजे लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले भे.३ प. ४८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विरेन्द्रनगर नगरपालिका–१२ नेवारे
भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०९:०३
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र स

सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०८:५८
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यस प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा भएको हो। नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन अर्थात भदौ १६ गते गौरा पर्वको बिदा प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ। बिहीबारदेखि गौरा पर्व मनाइँदै आएको सुदूरपश्चिम प्रदेशमा उक्त पर्वलाई व

कर्णालीमा विपद : २ महिनामा ७ को मृत्यु, ३९ घाइते

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०८:५६
कर्णाली प्रदेशमा २ महिनाको अवधीमा विपद्मा परी ७ जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । २०८२ को जेठ १८ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो, चट्याङलगायतका घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो । प्रदेशभर ३ सय ८ वटा विपद्का घटना भए । ३ सय ४२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । विपद्का घटनाबाट ३ सय ११ पशुचौपाया मरे । विपद्का घटनाबाट लाखौँको भौतिक क्षतिसमेत भएको कर्णाली प्रदेश प्रहरी कार्या
छाउगोठ भत्किए पनि जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

छाउगोठ भत्किए पनि जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    प्रकाशित मितिः १४ भाद्र २०८२, शनिबार ०६:२८
अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीको आलीटोलमा महिला र किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्छन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुंगा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केही पर जस्तापाताको गोठ बनाएर बस्छन्। जिल्लास्थित सरोकार भएका निकायबाट मंगलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइए
छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

    प्रकाशित मितिः १३ भाद्र २०८२, शुक्रबार १४:३७
छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खना

पहिरोले कर्णाली राजमार्ग फेरी अवरुद्ध

    प्रकाशित मितिः १३ भाद्र २०८२, शुक्रबार ०८:०१
दुई दिनदेखि परेको अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा शुक्रवार विहानैदेखि सवारीसाधनहरु आवागमन रोकिएको हो । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड,गगने खोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको कालिकोटका डिएसपी टेकबहादुर रावतले जानकारी दिए ।

महिला स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

    प्रकाशित मितिः १३ भाद्र २०८२, शुक्रबार ०७:५४
हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका-३ को मैला स्वास्थ्य चौकीमा कार्यरत लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा छन् । उनीहरूलाई एक महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीह