लुम्बिनी र कर्णालीमा भारी वर्षा
प्रकाशित मितिः १ आश्विन २०८२, बुधबार ११:०१
गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । सुर्खेतकै जम्मुमा ६२.४ मिलिम








