☰ open Loading... 1 May 2024|  

प्रदेश खबर

कर्णालीका ४० सामुदायिक वनमा डढेलो

कर्णालीका ४० सामुदायिक वनमा डढेलो

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार १९:३३
गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार फागुन यता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वन÷जङ्गल आगलागीबाट सखाप भएका जनाइएको छ । कतिपय जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी बलामीको शव अझै अस्पतालमा

प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी बलामीको शव अझै अस्पतालमा

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार १२:२५
दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको आज छ दिन बितेको छ । हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उहाँको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो । तल्लो पेट दुख्ने र रगत बग्ने समस्या भएपछि नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले अस्पताल पुर्‍याउनुभएको थियो । तर उपचार

बोलेरो जीप दुर्घटना, सात जना घाइते

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार ०६:४५
जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोमबार बेलुकी करिब ७ बजेतिर तुलसीपुरबाट कपुरकोट आउँदै गरेको रा १ ज ६०५ नम्बरको बोलेरो डवल क्याप जीप कपुरकोट गाउँपालिका-४ सिमचौर लामीडाँडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार घाइते हुनेमा लमही घर भएकी वर्ष २७ की रीता बिक, तुलसीपुर उपमहानगरपालिकाको

मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटमा काम गर्ने कामदारको मृत्यु

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार २१:०२
सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ। आज दिउँसो ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’ मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्ष

आगलागीबाट दुई नाबालकको मृत्यु

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार १८:४५
अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु भएको छ। आगलागी आज बिहान १० बजेतिर भएकाे थियो। मेल्लेख गाउँपालिका ६ सोरस बस्ने खम्म बोहोराको खरले छाएको घरमा एक्कासि आगलागी हुँदा रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दीपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले नागरिक न्यजलाई जानकारी दिए। खरले छाएको कच्ची छानामा अचानक
मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री काठमाडौंमा

मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री काठमाडौंमा

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार १८:४४
केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएको पनि एक साता पुग्यो। चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले अझै मन्त्रिपरिषद् गठन गर्न सकेका छैनन्। सत्ता साझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डा र सभामुखको कुरो मिलेको छैन। प्रदेशमा पटक–पटक माओवादी केन्द्रसँग छलफल भएपनि कुरा नमिल्दा मुख्यमन्त्री कँडेल आइतबार काठमाडौं पुगेका छन्।

कर्णालीमा चैते दसैमा सार्वजनिक बिदा नदिइने

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०९:०७
यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ ।

करेन्ट लागेर बालिकाको मृत्यु

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०९:०४
सिंजा गाउँपालिका-३ छान्निगाडा बस्ने नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा बाटोमा फालिएको तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वीरेन्द्रनगरको एक गोदाममा आगलागी

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०९:०३
वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ। वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो । दिउँसो करिव २ बजे एक्कासि भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ। नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन।
मध्याह्नपछि यी प्रदेशमा हावाहुरी चल्ने

मध्याह्नपछि यी प्रदेशमा हावाहुरी चल्ने

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०६:५६
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि