
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटनामा श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु
प्रकाशित मितिः ५ फाल्गुन २०८१, सोमबार १५:२४
भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गिता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्