
गाविसको खातामा रकम, सचिव बेखबर
प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४९
डोटी । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ ।
सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरे