☰ open Loading... 10 July 2025|  

Tag: सल्यान

सल्यानमा एन्टी रेबिज खोपको अभाव

सल्यानमा एन्टी रेबिज खोपको अभाव

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ०९:५७
सल्यान । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् । जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको
अदुवाको मूल्य नपाउँदा किसान चिन्तित

अदुवाको मूल्य नपाउँदा किसान चिन्तित

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १८:५३
सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट रु १० करोड ४३ लाख २० हजार बराबरको अदुवा निकासी भएको थियो । तर यस वर्ष रु दुई करोड ८७ लाख पाँच हजार बराबरको अदुवा मात्र जिल्लाबाहिर निकासी भएको छ । उचित मूल्य नपाउँदा किसानले अदुवा बिक्री गरेका छैनन् । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए उचित मूल्य नपाएका कारण अदुवा निकासीमा समस्या
सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार १२:५७
सल्यान । छ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो ।  प्रदेशका सबै जिल्लामा गीतसङ्गीतसम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिए । “विविध कारणले मौलिक संस्कृति लोप
उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

    प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १६:२८
सल्यान । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ । पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् । कालीमाटी गाउँपालिकाका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय गोविन्द डाँगीले बताए । “पानीक

बिहेको भोज खाँदा तीन जर्दन बढी बिरामी

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २२:०७
सल्यान । बिहेको भोज खाँदा सल्यानमा झण्डै तीन जर्दन बढी बिरामी भएका छन् । जिल्लाको शारदा नगरपालिका ७ कजेरीमा स्थानिय एक ब्यक्तिको घरमा बिहेको भोज खाँदा उनीहरु बिरामी भएका हुन् । मंगलबार सो ठाउँमा सम्पन्न भएको बिहेमा स्थानिय बालबालिका, यूवायूवती तथा बृदबृदा गरी सबै उमेर समुहका स्थानियको सहभागिता रहेको थियो । बिहेमा पकाएको भोज खाए लगत्तै बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने लगाएतका समस्या देखा पर
विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार १३:३१
सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए । उनले भने– “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन
सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:४२
सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत
शैक्षिक सामग्री हस्तान्तरण

शैक्षिक सामग्री हस्तान्तरण

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १८:४५
चार गाविसका विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । दार्माकोट, भल्चौर, ढाकाडाम र जिमालीमा रहेका सात बालविकास केन्द्र र १८ विद्यालयलाई रु १० लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि बालबालिकाको सङ्ख्याका आधारमा गलैँचा, चकटी, टेबल, पिफर्म, जुत्ता राख्ने दराज प्रदान गरिएको छ । विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले जि
काँग्रेसका नेता मल्लको सम्झना

काँग्रेसका नेता मल्लको सम्झना

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:५२
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले समाजमा योगदान दिने मान्छेको प्रतिष्ठान खोल्न परिवार नभई समाज लाग्नुपर्ने बताउएका छन । सदरमुकाम खलङ्गामा आज आयोजित नेवबहादुर मल्ल स्मृति केन्द्रको उद्घाटन तथा प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष वाग्लेले पार्टी तथा समुदायमा योगदान दिने विशिष्ट व्यक्तिको प्रतिष्ठान खोल्ने कार्यमा परिवार बाहेक बाहिरबाट पनि प्रयास हुनुपर्ने बताए ।