☰ open Loading... 30 April 2024|  

बिहेको भोज खाँदा तीन जर्दन बढी बिरामी
  | २ चैत्र २०७३, बुधबार २२:०७

सल्यान । बिहेको भोज खाँदा सल्यानमा झण्डै तीन जर्दन बढी बिरामी भएका छन् । जिल्लाको शारदा नगरपालिका ७ कजेरीमा स्थानिय एक ब्यक्तिको घरमा बिहेको भोज खाँदा उनीहरु बिरामी भएका हुन् ।

मंगलबार सो ठाउँमा सम्पन्न भएको बिहेमा स्थानिय बालबालिका, यूवायूवती तथा बृदबृदा गरी सबै उमेर समुहका स्थानियको सहभागिता रहेको थियो । बिहेमा पकाएको भोज खाए लगत्तै बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने लगाएतका समस्या देखा परेको थियो ।

त्यस लगत्तै जिल्ला स्वास्थ्य कार्यालय सल्यानको टोलीले सोही ठाउँमा नै पुगेर उपचार गरेको थियो । उपचार पछि सन्चो भएका बिरामीहरु घर फर्केका छन् । बाँकी अरुको स्थानिय ढोरचौ बजार, श्रीनगर बजार लगाएतका स्थानमा उपचार भैरहेको छ ।

बाँकी १३ जनाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । जसमा एक जनाको अबस्था गम्भिर रहेको छ भने बाँकी अरुको स्वास्थ्यामा क्रमिक रुपमा सुधार हुदैँ आएको उपचारमा संलग्न डाक्टरहरुको भनाई रहेको छ । खानामा फुट पाईजन भएको हुन सक्ने डाक्टरहरुले अनुमान गरेका छन् ।