☰ open Loading... 26 April 2024|  

अटोरिक्सा सञ्चालनमा रोक
  | १७ भाद्र २०७४, शनिबार २१:३६

नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ ।

निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा बुझाइएको बताए ।