☰ open Loading... 26 April 2024|  

जनताका नेता ‘राजीव’
  | २० भाद्र २०७४, मंगलवार १८:२६

जाजरकोट । ‘राजनीति पेशा होइन्, सेवा हो, म जनताको सेवाका लागि राजनीतिमा आएको हुँ’ कांग्रेस नेता राजीवविक्रम शाह जनतासँग बारम्वार यी शब्द दोहोर्याउँछन् । हो, शाहले भनेजस्तै राजनीति सेवा हो । शाह जे बोल्छन्, त्यो गरेर देखाउँछन् । राजनीतिमा आएको छोटो समयमै शाहले गरेका मनवीय, विकास निर्माण र अन्य सामाजिक कामले उनको भनाई र गराईमा समानता छ भन्ने देखाउँछ ।

चाहे त्यो दुर्घटनामा होस्, चाहे झाडापालाको महामारीबाट जनतालाई बचाउँन आफ्नै खर्चमा हेलिकोप्टर ल्याउँदा नै किन नहोस् । सधैं स्वास्थ्य समस्याले जेलिएको जिल्लालाई सहज स्वास्थ्य पहुँच पुर्याउन निजी खर्चमा बनाउन लागिएको अस्पताल, शिक्षामा पुर्याएको योगदानलगायतका कारणले उनी साँच्चै जनताका प्रिय राजीव बनेका छन् ।

राजनीतिमा आएको एक दशक पुग्नै लाग्दा जनताको मन जित्न सफल भएका राजीव अहिले जाजरकोट क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद हुन् । जाजरकोटमा झाडापखालाले धेरैको ज्यान लियो । झाडापालाले थलिएकाजनताको उद्दार र उपचारमा पुर्याएको योगदानलाई यहाँका जनताले सम्झिरहेका छन् ।

झाडापालाले अकालमै कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले उनी अहिले दुर्गम गाउँ थलहमा निजी लगानीमा अस्पताल निर्माण गरिरहेका छन् । मेरो उद्देश्य अस्पताल बनाएर फाइदा लिने होइन्, जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने हो उनले भने, निजी लगानी भएपनि निर्माणपछि सरकारलाई हस्तान्तरण गर्छु ।

राजीवले राजनीतिमा कहिल्यै फाइदा हेरेनन् । उनको प्राथमिकता सधैं जाजरकाटी जनताको सेवामै रह्यो । अस्पताल निर्माण पनि त्यसैको एक पाटो हो । सेवा गर्छु भनेर राजनीतिमा आइसकेपछि नाफा हेर्नुहुन्न मेरो उद्देश्य दुर्गमका जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउने हो उनल भने, झाडापखालाले धेरै नागरिकको ज्यान गएको देखेपछि दुर्गम ठाउँमा अस्पताल निर्माण गर्ने योजना वनाएको थिए । अहिले त्यही योजनालाई कार्यन्वयन गर्न लागेको छु ।

पदमा हुँदा होस् या नहुँदा उनले जाजरकोटी जनताका लागि थुप्रै काम गरेका छन् । राजनीतिमा प्रवेस गरेको छोटो समयमै शाहले धेरै स्मरणयोग्य काम गरेकोस्थानीयहरु बताउँछन् । झाडापखाला नियन्त्रण गर्न राज्यले नसकिरहेको बेला उनले झाडापखाला प्रभावित क्षेत्रमा आफ्नै खर्चमा हेलिकोप्टरमार्फत डाक्टरहरु गाउँमा पुर्याए । औषधि पुर्याए । जनताको ज्यान बचाए ।

सांसद शाहले दशेरा आरनमा काम गर्दै गर्दा बम विस्फोटनमा परी घाइते भएका ५ जनालाई तत्कालै हेलिकोप्टर उद्धार गरी काठमाडौ पुर्याए । उनीहरुको ज्यान बच्यो । शाह आफै घटनास्थल पुगेर हेलिकोप्टरमार्फत घाईतेहरुलाई शिक्षण अस्पताल काठमाडौं पुर्याएर उपचार गराएका थिए ।

२०७१ मंसिर ४ गते भएको बस दुर्घटनाको वेला तत्काल हेलिकोप्टरबाट दक्षता प्राप्त गोताखोर ल्याई खोज तथा उद्धार कार्यमा प्रभाबकारिता ल्याउन सहयोग गरेका थिए । ५ दिनसम्म घटनास्थलमै वसेर शाहले उद्धार कार्यमा सघाएका थिए ।

२०७१ चैत महिनादेखि २०७२ बैसाखसम्म जाजरकोटमा फैलिएको स्वाईनफ्लु प्रकोपका समयमा सांसद शक्ति बस्नेत र रीता रावलसगै प्रधानमन्त्रीसँग डेलिकेशनमा गएर रोग नियन्त्रणमा ल्याउनको लागि प्रभावकारी भुमिका पनि निर्वाह गरे ।

२०६३ सालदेखि निर्माण कार्य अलपत्र परेको भेरी नदीको पुल निर्माणको लागि सांसद शाहले व्यक्तिगत खर्चमा हेलिकोप्टरमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधी, तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोबिन्दपोखरेललाई निर्माणस्थलमा ल्याएर अलपत्र पुल निर्माणको लागि ध्यानाकर्षण गराएका थिए । त्यसपछि मात्र सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोडने छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी नदीको पुलको निर्माणले गति लिएको थियो ।

२०४३ सालमा स्थापना भएको जाजरकोटको खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणको लागि पनि शाहले विशेष सहयोग गरेका थिए ।राजीवकै पहलमा भारतीय राजदूताबासले क्याम्पसको भवन निर्माणको लागि ५ करोड रुपैया सहयोग गरेको थियो । अहिले क्याम्पसको प्रशासनिक र शैक्षिक गरी दुई वटा भवन निर्माण भैइरहेका छन ।

सांसद शाहले सांसदको हैसियतमा प्राप्त सबै सुबिधा बापतको रकम जेहेन्दार बालबालिकाको शैक्षिक बिकासका लागि खर्च गदै आएका छन । जाजरकोटको पश्चिम क्षेत्रका गाउँ वस्तीहरुमा सुविधा पुग्ने गरी टेलिफोन टावरहरु स्थापना पनि उनले विशेष भूमिका खेलेका छन् ।