☰ open Loading... 26 April 2024|  

तालाबन्दीका बिच काम गरेकाेमा अापत्ती
  | ८ कार्तिक २०७४, बुधबार १८:१९

सागर परियार
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा ताला बन्दीका बिच गुपचुप रुपमा कामकाँज भएको पाइएको छ । अनेरास्वीयु जुम्लाले हिजो विभिन्न अनियमितता विरुद्ध प्रतिष्ठानमा लगाएको भोटे ताला फोडी कर्मचारीहरुले गुपचुपमा काम गरेको पाइएपछि पुन: प्रतिष्ठानको ध्यानकर्षण गराइएको छ । ताला बन्दीका बिच भएको अनैतिक कार्यप्रति अनेरास्ववियु आपत्ती जनाएको छ ।

साथै हिजो ताला बन्दीको बार्ताका लागि भन्दै बोलाएर बाटो बाटै चोर शैलीमा प्रक्रिएर थुनामा राखेको प्रति पनि संगठनले विरोध जनाएको छ । यथाशिग्र प्रतिष्ठान र प्रहरीले माफि नमागे निरन्तर आन्दोलन जारी राख्ने र कताला बन्दीलाई पनि यथावत राखिने अनेरास्ववियु जिल्ला कमिटी सचिव भरत नेपाली द्धारा हस्ताक्षेरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यथावत तालाबन्दीका विरुद्ध जो सुकैले पनि प्रतिकार गर्न खोजे त्यसको सामाना गर्न विद्यार्थी संगठन पछि नहट्ने पनि उल्लेख गरिएको छ । चोर शैलीमा हिजो प्रहहरीले गरेको अमानविय कार्य प्रति घोर आपत्ती जनाउदै सत्य तथ्य छानविन नभए आन्दोलन जारी रहने पनि बताइएको छ । प्रतिष्ठानका भिसि समक्ष ध्यानाकर्षण पत्र बुझाउन जादा भिसीको उपस्थित नभएको र पटक पटक फोन गर्दा नउठाएपछि प्रशासन अधिकृत द्धन्द्ध बहादुर शाहिलाई बुझाइएको छ ।

न एकता तर्फ लगाएको ताला गैरकानुनी रुपमा खोलेर काम गर्ने र अर्को तर्फ भिसी बेखर भएको भन्दै प्रतिष्ठानको ध्यानकर्षण गराइएको छ । हिजो लगाइएको ताला प्रहरीको जासुसीबाट नै खुल्न गएकमे विद्याथीहरुको आरोप छ । प्रतिष्ठानमा हुने विभिन्न अनियमिताका विरुद विगतदेखि वकालत गर्दै आएको भन्दै कसैको जीवन संग खेल्ने अधिकार कसैलाई नभएको लोकेन्द्रराज गिरीले बताए ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा भएपनि काठमाडौंमा १२ जना परीक्षार्थीलाई छुट्टै प्रश्नपत्र दिएर परीक्षामा सामेल गराएको र उक्त परीक्षा खारेज गनपर्ने, एकै किसिमको परीक्षा दुई ठाउँबाट संचालन भएको , करार सेवामा नियुक्त हुने कर्मचारीको परिक्षा मनपरि ढंगले भएको, परिक्षा समय विहान ११ बजे भएपनि २ बजे शुरु भएको लगायतका अनियमितताका बारेमा प्रतिष्ठानमा ताला लगाइएको हो । यस विषयमा भोली निष्र्कष खोज्न तथा प्रतिष्ठानको ताला खुलाउन विद्यार्थी संठन प्रतिष्ठान र प्रसाशन बिच बार्ता हुने भएको छ ।

बार्ताका क्रममा पनि विद्यार्थीका उपयुक्त मागको न्यायोचित सम्बोधन नभए अझै कडा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाई अनेरास्ववियु क्याम्पस ईकाई कमिटी अध्यक्ष कविन्द्र महतले बताए ।

यता प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले यस विषयमा भोली छानविन गर्ने जानकारी दिए । भोली प्रतिष्ठानका रेक्टर, स्वास्थ्य विभागका उपसचिबहरु, प्रतिष्ठानका मुख्य पदाधिकारी, जुम्लाका भुतपुर्व सांसदहरु र बुद्धिजिविसँग छलफल गरी विद्यार्थिको माग सुनुवाई गर्ने प्रजिअ पौडेलको भनाइ छ । भने प्रतिष्ठानमातालाबन्दी जारी रहेको छ । जसका कारण दैनिक प्रशासनिक काम ठप्प भएका छन् ।