☰ open Loading... 5 May 2024|  

निर्वाचन अधिकृतको कार्यालय स्थापना
  | ९ कार्तिक २०७४, बिहीबार १३:४०

सुर्खेत । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले दिएको निर्देशन अनुसार बिहिबार वीरेन्द्रनगरको शैक्षिक तालिम केन्द्रमा कार्यालयको स्थापना गरिएको हो ।

प्रतिनीधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले जानकारी दिए ।

उनले यही कार्तिक १६ गतेबाट निर्वाचनका कार्यक्रमहरु शुरु हुने भएकाले कार्यालय स्थापना गरिएको उल्लेख गरे । कार्यालय स्थापना भएपछि निर्वाचनका सवै कामहरु कार्यालयबाटै बिहिबारदेखी शुरु भएको बताए ।

मनोनयको प्रक्रियासंगै निर्वाचन खटिने कर्मचारी नियुक्ती तथा परिचालन कार्य शुरु हुने उहाँले उल्लेख गरे । दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन दर्ता तथा सूचि प्रकाशन कार्तिक १६ गने, उम्मेदवार विरोधमा उजूरी दिने १७ गते, उजूरी उपर छानविन तथा नामावली प्रकाशन १८ गते र उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन १९ गते गर्ने कार्यतालिका छ ।