☰ open Loading... 26 April 2024|  

पश्चिम नेपालकै पहिलो फुटसल सुर्खेतमा स्थापना
  | ९ कार्तिक २०७४, बिहीबार १८:०३

सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा पहिलो पटक एम.एन.एस फुटसलको स्थापना भएको छ । यो पश्चिम नेपालमै पहिलो फुटसल भएको सञ्चालक हरि विष्टले जानकारी दिएका छन् ।

झण्डै ३ करोडको लागतमा फुटसलको स्थापना गरिएको पनि विष्टको भनाई छ । स्वाथ शरिरले मात्र समाज निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ फुटसलको स्थापना गरिएको सञ्चालक विष्टले जानकारी दिए । खेलकुदमै बढी रुची भएकाले फुटसलको स्थापना गरिएको बताएका विष्टले औपचारीक रुपमा यही कार्तिक २४ गते उद्घाटन गरिन लागेको उल्लेख गरे ।

चिसो समयमा विहान ६ बजेदेखि तथा गर्मी समयमा विहान ६ बजेदेखि राती ९ बजेसम्म खेलाडीहरुका फुटसल खुला गरिएको बताए । फुटसल खेल्न प्रति टिमले विहान २ हजार, दिउसो १ हजार ५ सय, साँझको १ हजार ८ सय शुल्क निर्धारण गरिएको छ । विष्टका अनुसार निकट भविष्यमै मल्टीजिम र चेयर मसाज, सांगेतिक साधान केन्द्र समेत सञ्चालन गर्न लागिएको छ ।

साथै, विहान ४ बजेदेखि ५ बजेसम्म वृद्ववृद्वाहरुका लागि निःशुल्क योगा गराउने लक्ष्य रहेको उनले बताए । उद्घाटन अगावै फुटसलमै प्रतियोगिताको आयोजनागर्न लागेको जानकारी दिएका विष्टले म्याचमा प्रथम हुनेलाई १ लाख १ रुपैयाँ र दोश्रोलाई ५० हजार राशिको पुस्कारको व्यवस्था गरिएको बताए ।