☰ open Loading... 26 April 2024|  

बजारमै डुब्छ बस
  | २ असार २०७४, शुक्रबार १६:०४

दैलेख । दैलेख सदरमुकामस्थित नयाँबजारमा गाडी नै डुब्ने खाल्डा । त्यसमा पनि वरपर हिलाम्मे सडक । नागरिक मात्रै होईन् सवारी समेत चल्न गाह्रो । बजारका ब्यवसायीहरु पसलदेखी बाहिर निश्किनै सकस । जहाँ त्यही हिलो नै हिलो । खेतको ब्याडभन्दा कम छैन् दैलेख सदरमुकामको हिलो ।

दिनहुँ जनप्रतिनिधिदेखी कर्मचारी सर्वसाधारण त्यही सडक किनारा भएर ओहोरदोहोर गर्छन् । तर, समाधानको उपाय कतैबाट हुँदैन् । देखे नदेखेझै गर्छन् अनि, हिड्छन् । सदरमुकामको २ किलोमिटर भागमा डोजरले धुलो र हिलाम्मे बनाएपछि आवागमनमा निकै सास्ती ब्यहोर्नु परेको छ ।

सदरमुकामको कालोपत्रे उम्काएर विच सडक खनेर खानेपानीको पाईप विछ्याईने भएपछि अहिले दैलेखसदरमुकाम हिलाम्मे भएको हो । पसलकै ढोकासम्म हिलाम्मे भएपछि ब्यवसायी पुण्य रुपाखेती आर्जित छन् । ‘नागरिक हिड्ने समेत ठाँउ छैन् ।’ रुपाखेतीले भने, ‘ठुला खाल्डाहरुमा पानी भरिएपछि बजारनै हिलाम्मे भएको हो । पानी नपरेको बेला धुलोले बस्न समेत मिल्दैन् ।’

सदरमुकामस्थित बजार क्षेत्रमा कालोपत्रे उम्काईनु र बाहिरि क्षेत्रमा कच्ची सडकमा गाडी चाप बढ्नुले गाडीको टायर डुवाउने गरि हिलो भरिएको छ । हिलोकै कारण बजारमा स्थानीय पैदल यात्रीलाई सास्ती भएको छ । यात्रुदेखी गाडीसम्म चिप्लिने गरिएका छन् । दैलेखमा जहाँजति खानेपानीको लाईन खनेकै कारण बजार अस्तब्यस्त भएको छ ।

सुन्दर, सफा र हरियाली दैलेख सदरमुकाम अतिबेला तहस नहस हुने खनिएको छ । बजार बाहिरबाट बैकल्पिक मार्गबाट पानी नल्याएर पिच उम्काईएको हो । ३२ करोड लागतमा वृहत साहारे खानेपानी आयोजनाको अन्तिम काम सदरमुकाममा चलिरहेको छ । हिलाम्मे सडकलाई तत्कालका लागि ढुंगाहरु विछ्याईने नारायण नगरपालिका १ का वडा अध्यक्ष धुव्र श्रेष्ठले बताए । ‘खानेपानी निर्माणका क्रममा सडक विक्रिएको छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘असारमै पाईप विछ्याएर कालोपत्रे हुनेछ ।’