☰ open Loading... 22 October 2024|  

ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?
  | २९ श्रावण २०७३, शनिबार ०९:५६

ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ओलम्पिक खेलमा भाग लिन गएका गएका नेपाली खेलाडीहरु पदविहिन भएर फर्किने भएका छन् ।

अहिलेसम्म खेल खेलिसकेका ५ खेलाडी पदविहीन भएर बाहिरिसकेका छन् । ब्राजिलको रियो ओलम्पिकका भाग लिन भन्दै ७ खेलाडी ब्राजिल पुगेका थिए । तर खेलाडी भन्दा बढी पदाधिकारी गएको भनी आलोचना पनि भएको थियो ।
नेपाली खेलाडीहरु पदविहिन भए पनि ओलम्पिकमा भाग लिनुलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ । पौडी, आर्चरी, जूडो तथा एथलेटिक्समा नेपालको सहभागिता थियो ।
Rio_nepali_sport
सबैजसो खेलमा नेपाली खेलाडीहरुले कुनै पनि पदक जित्न नसकेपछि लज्जाजनक हार भने ब्यहोर्नु परेन ।

११ हजार ५ सय खेलाडी मध्येकै कान्छी खेलाडीका रुपमा नेपालकै खेलाडी गौरिका सिंह देखा परिन् । सबै खेलाडी मध्येकै कान्छी खेलाडी भएकाले पनि गौरिका निकै चर्चामा छाइन् ।

गौरिकाले एक सय मिटर ब्याकस्ट्रोक पौडीमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले एक मिनेट ०८।४५ सेकेण्डमा दूरी पार गर्दै ३१ औं बरियता कायम गरिन् ।

नेपालकी अर्की खेलाडी फूपुलामु खत्रीप्रति नेपालले पदक हात पार्ने झिनो आशा राखेको थियो । यसअघिको एशियाडमा कास्य पदक दिलाएकी फूपुले जूडोको महिला ६३ केजी तौल समूहबाट भाग लिएकी थिइन् । तर उनको एशियाडमा भन्दा कमजोर प्रदर्शन रह्यो ।

यस्तै, नेपालका अर्का खेलाडी जीतबहादुर मोक्तानले आर्चरीमा भाग लिएका थिए । पुरुष ब्यक्तिगत स्पर्धामा भाग लिएका जितबहादुरले पनि नेपालको आशा तुहाए । र्याङ्किङ राउण्ड र ६४ औं राउण्डमा भाग लिएका मोक्तान ६० औं बरियता कायम गर्दै खेलबाट बाहिरिए ।

यस्तै, पौडी प्रतियोगितामा सिरिष गुरुङले भाग लिएका थिए । पुरुष एक सय मिटर फ्रि स्टाइल पौडीमा भाग लिएका उनले ५७।७६ सेकेण्डमा निर्धारित दूरी पार गरे । सिरिष पनि दोस्रो राउण्डमा पुग्न सकेनन् । उनी ५८ औं बरियता कायम गर्दै खेलबाट बाहिरिए ।

नेपालकै अर्की खेलाडी सरस्वती भट्टराईले एथलेटिक्समा सहभागिता जनाइन् । १५ सय मिटरको दौड ४ मिनेट ३३।९४ सेकेण्डमा पार गरी ३७ औं बरियता कायम गरिन् । नेपालका ७ खेलाडी सहभागी थिए, अब दुई खेलाडीले खेल्न बाँकी छ ।

कसको कति पदक रु

अहिलेसम्म सबैभन्दा बढी पदक अमरिकाले हात पारेको छ । अमेरिकाले २० श्वर्ण, १३ रजत र १७ कास्य गरी ५० पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले १३ श्वर्ण, १० रजत र १४ कास्य गरी ३७ पदक हात पारेको छ ।
तेस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ७ श्वर्ण, ९ रजत र ६ कास्य गरी २२ पदक जितेको छ भने जापानले ७ श्वर्ण, ३ रजत र १४ कास्य गरी १४ हात पारेको छ ।

यस्तै, दक्षिण कोरियाले ६ श्वर्णसहित १३, जर्मनीले ६ श्वर्णसहित ११, रसियाले ५ श्वर्णसहित २२, फ्रान्सले ५ श्वर्णसहित १७, अष्ट्रेलियाले ५ श्वर्णसहित १८ र हंगेरीले ५ श्वर्णसहित ११ पदक हात पारेको छ ।