☰ open Loading... 18 April 2024|  

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
  | २९ श्रावण २०७३, शनिबार १०:१९

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार विहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।
pm-prachanda-President-Bidhya-Bhandari-
राष्ट्रपति–प्रधानमन्त्रीबीच सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको उननले बताए । आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।