☰ open Loading... 27 April 2024|  

राेकिएन अात्महत्या
  | ३० श्रावण २०७३, आईतवार ०९:५३

तथ्याङ्क बढ्यो, न्यूनिकरण शुन्य

जन्मपछि मरण निश्चित नै हो र यसबारे सवैलाई हेक्का नि छ । तर आत्महत्याका घटनाले भने उग्ररुप धारण गरेको छ । पछिल्ला वर्षमा आत्महत्या गर्नेको संख्या बढोत्तरीमा छ । यसलाई रोक्न वा न्यूनिकरण गर्न पहल भने कसैले थालेको छैन् ।

पारिवारिक कलह, मानसिक यातना, अभिभावको धम्की दिने वानी, प्रेम सम्वन्ध, दिर्घरोगी, कमजोर आर्थिक अवस्थामा नै आत्महत्याका मुल कारण हुन् ।

यस्तै, मानसिक विकार, सम्पत्ति सम्बन्धी विवाद, धार्मिक, राजनीति लगायतका कारणले पनि व्यक्तिले आत्महत्यामा बढोत्तरी भएको छ । सुर्खेतमा हुने आत्महत्याका घटनामा महिलाहरुको संख्या अधिक छ ।

man news pp

वितेको आर्थिक वर्ष २०७२÷०७३ मा ७२ जनाले आत्महत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय सुर्खेतसंग छ । यो मध्य ४१ जना महिला र ३१ जना पुरुष छन् । पारिवारिक समस्यामा महिलाहरुको भूमिका बढी हुनुले मानसिक तनाव थेक्न नसक्दा आत्महत्यामा महिलाको संख्या धेरै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

समग्र उमेर समूहमध्य सुर्खेतमा १६ देखि २५ वर्ष भित्रका युवायुवतीले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी बहादुर जंग मल्ल बताउँछन् । सुर्खेतमा ११ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले पनि आत्महत्या गर्ने गरेको रेकर्ड प्रहरीसंग छ । २०६९ देखि २०७३ सम्मको प्रहरीको आत्महत्याको तथ्याङ्कलाई आधार मान्ने हो भने उमेर, लिड्ग, वैवाहिक अवस्था, जात, शैक्षिक अवस्थाका आधारबाट विश्लेषण गरिएको छ ।

निरक्षरदेखि साधारण लेखपढ गर्न सक्ने र उच्च शिक्षासम्म पढेकाहरुले पनि आत्महत्या गरेको प्रवक्ता मल्लले बताए । जातिय आधारमा आत्महत्या गर्नेको संख्या हेर्ने हो भने पनि दलित समुदायका व्यक्ति अगाडी छन् । यसैगरी आत्महत्या गर्नेमा क्रमश क्षेत्री, आदिवासी जनजाति, वाहुन लगायत छन् । आत्महत्या गर्नेहरूको वैवाहिक अवस्थालाई नियाल्ले हो भने पनि दुई तिहाइभन्दा बढी विवाहित छन ।

ग्रामिण भेगभन्दा शहरीमा बसोबास गर्नेहरु नै बढी आत्महत्या गरेको तथ्याङ्क छ । अन्य जिल्लामा विष सेवनबाट आत्महत्या गर्ने धेरै भएपनि सुर्खेतमा झुण्डिएर आत्महत्या गर्ने धेरै छन् । पछिल्लो तथ्याङ्क अनुसार झुण्डिएर ५७, विष सेवानबाट ११ र नदीमा हाम फाल्नेर आत्महत्या गर्ने ३ जना छन् ।

आत्महत्या गर्नेको संख्या उकालो लागेपनि न्यूनिकरणमा रोक्ने प्रयास भने भएका छैनन् । प्रहरी तथ्याङ्कमा आत्महत्याको संख्या उकालो लाग्दै गरेपनि न्यूनिकरणमा केही रणनीति थालिएको छैन् । सुर्खेतमा आत्महत्या गर्नेको संख्या डरलाग्दो तरिकारले बढेकाले रोक्नमा सरोकारवाला निकायले कदम चाल्नु पर्ने देखिएको डिएसपी मल्लको भनाई छ ।

तर समाज जागरण केन्द्र ९स्याक० नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले सकारात्मक सन्देश र परामर्श दिन आवश्यक रहेको बताए । उनले यस्तो शिक्षा शिक्षकमार्फत विद्यार्थीहरुलाई दिए केही हदसम्म आत्महत्याका घटनामा न्युनिकरण हुन सक्ने उल्लेख गरे ।

mबल लभधक उउ
वीरेन्द्रनगरमा आत्महत्या न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रममा डिएसपी बहादुर जंग मल्लले ११ महिनाको अवधिमा १३८ जनालाई आत्महत्या गर्नबाट बचाएको जानकारी दिए ।

आत्महत्याको प्रयास गरेका ८५ जना महिला र ५३ जना पुरुषलाई मृत्यु हुनबाट बचाएको उनको भनाई छ । चालु आर्थिक वर्षको यो अवधिमा बिषदी खाएर १२६ र झुन्डिएका ११ जनालाई आत्महत्याको प्रयास गरेकाहरुलाई प्रहरीले बचाएको छ ।