☰ open Loading... 22 October 2024|  

नक्कली डाक्टरलाइ निलम्बन गर्नुस् : प्रधानमन्त्री
  | ३० श्रावण २०७३, आईतवार ०९:५९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिएका छन ।

शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उनले आइतबार बिहान स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत निर्देशन दिएकाे उनकाे निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, ‘नक्कली भनिएका डाक्टरले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।’

प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।