☰ open Loading... 25 April 2024|  

रोल्पाका पञ्च साउदीको जेलमा
  | ३ भाद्र २०७३, शुक्रबार ०६:४३

रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पाका एक व्यक्ति साउदीको जेलमा परेका छन् । रोल्पा जिल्लाको थवाङ्ग–४ का पञ्च रोकामगर भारतीय नागरिकको हत्याको अरोपमा विगत ९ वर्षदेखि साउदीको जेलमा छन् ।

साउदीमा जेल परेका राेल्पाका पञ्च राेकामगर
साउदीमा जेल परेका राेल्पाका पञ्च राेकामगर

काठमाण्डौमा रहेको सन मेनपावरमार्फत साउदी अरब पुगेका थिए । कम्पनीको काम भनेर साउदी उडेका उनी मेनपावरले ठगेको साथीहरुसंग फोनमा जानकारी दिएका थिए ।

पञ्च साउदीमा मझरा (भेडा हेर्ने काम) गर्दै आएका थिए । तर पञ्चलाई भेडा हेर्ने र मालिकको ग्यारेजमा काम गर्थे ।

जेल पर्नु अघि पञ्चले एकै व्यक्तिको घरमा ९ वर्ष काम गरेका थिए । संगै काम गर्नेक्रममा तीन जना भारतीयसंग विवाद भएको थियो ।

विवादमा एक भारतीयको मृत्यु भएको बताइएको छ । पञ्चलाई भारतीय दुतावसले केश उल्टाउँदै जेल हालेको त्याँहा पुगेका नेपालीहरु बताउँछन् ।

मृतकका परिवार नआएकै कारण पञ्च ९ वर्षदेखि साउदी जेलमा छन् । साउदी अदालतले अहिलेसम्म कुनै फैसला नसुनाएको कतारबाट लक्ष्मण रसाईलीले जानकारी दिए ।

‘अनाहकमा जेल हालियो, अहिलेसम्म सजाय नै सुनाइएको छैन, न त उद्दार नै भएको छ ।’ पञ्चको भनाई उद्धृत गर्दै रसाईलीले भने,–‘पटक–पटक पञ्च भक्कानिदै भन्छन, म जेल परे दुताबासमा फोन गर्छु, नम्बर छैन ।’

साउदी अदालतले भने, प्रक्रिया अगाढी बढाउन आफ्नो दुताबासलाई फोन गरेर बोलाउन आग्रह गरेको रसाईलीको भनाई छ । भारतीय नागरिकको मृत्यु भएको ९ वर्षसम्म उनका आफन्त नआउँदा फैसलाको टुंगो नलागेको रसाईलीले उल्लेख गरे ।

पञ्चका रोल्पामा श्रीमती, एक छोरा र एक छोरी छन् । आफन्तले पटक पटक उद्धार गरिदिन अपिल गर्दा समेत हालसम्म कसैले चासो नदिएको गुनासो रसाईलीको छ ।