नेपालको सर्न्दभमा पत्रकारिताको इतिहास खोतल्नु सहज छैन । किन भने पत्रकारिताको प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि छैन । ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने, लेख्न गरिन्छ ।
अन्य कुरा लेख्नु भन्दा म पहिला दैलेखका युवा वर्गको अभूतपूर्ण साहसले सञ्चालन भएको पश्चिम नेपाल अनलाइको सुरुवात गर्ने टिमलाई धन्यवाद दिन चाहान्छु । यो अनलाइन पत्रिकाको पहिलो दिनको क्षण सवै भन्दा ठूलो र ऐतिहासिक क्षण हो ।
सन् १९९२ मा अमेरिकाबाट नेपाली मुलका नागरिकहरुले ‘द नेपाल डाइरेक्टर’ सञ्चालनमा ल्याएको पहिलो नेपाली अनलाइन मिडिया हो । भने सन् १९९९ कात्तिकबाट सुरु भएको ‘नेपाल न्यूज डट कम’ नै नेपालको पहिलो अनलाइन पत्रिका हो ।
विश्वमा आधुनिक पत्रकारिताको प्रमाणिक क्रमबद्ध रुपले १५ औ शताब्दीमा विजारोपण भएको पाइन्छ । नेपालको इतिहास जति पुरानो छ, पत्रकारिताको इतिहास त्यति पुरानो छैन ।
परम्परागत सञ्चारपद्दतिको समयसँगै वि.स. १९०२ राणाकालिन अवस्था, वि.स. २००७ सालमा प्रजातन्त्र, वि.स. २०१७ सालको पञ्चायतकाल, वि.स.२०४७ सालको प्रजातन्त्रको पुनः स्थापना र वि.स. २०६३ सालको लोकतन्त्रको अभ्यासपछि नेपालाली पत्रकारिताले मुत्ररुप लिएको पाईनछ । पहिला अनलाइनलाई मुलधारको पत्रकारिता भन्ने थिएन ।
यसमा निकै चर्को विवाद भएको थियो । विस्तारै आधुनिक युगमा विकसित पत्रकारिताको सशक्त विधा र पाठकमाझ अनलाइन पत्रिका लोकप्रिय बन्दै गएपछि विकसित सूचना प्रविधिको पछिल्लो चच्चतम प्रयोग अर्थात अनलाइनलाई पनि मुलधारकै पत्रकारिता सवैले स्वीकार गरेका छन ।
छापा पत्रकारिता, विद्युतिय पत्रकारितामा कतिपय कानुनी प्रावधान र विश्वसनीयता उद्भव र अस्तित्वको वारेमा धेरै फरक÷फरक कुराहरु रहेका छन । तर पनि सूचना सम्प्रेषणको आधारमा लिने हो, भने अनलाइन एक कदम अगाडि मानिन्छ । केही दर्शक अघि पत्रपरिता भन्ने वित्तिकै अच्चम मान्नु पर्ने थियो ।
पत्रिका पढ्नका लागि महिनौदिन कुरेर वस्नु पर्ने बाध्यता थियो । अहिले संचार क्षेत्र दिन प्रतिदिन फराकीलो बन्दै गयो । वि.स. २०५३÷५४ बाट कुना कन्दरासम्म रेडियोको पहँुच पुग्यो । अहिले आएर गाउँघरमा विस्तारै विद्युत प्रसारण लाईन विस्तार हुदैं गयो ।
वि.स. २०६० पछि एन्ट्ना, डिस्क र केवुल सिस्टमबाट टेलिभिजनहरु हेर्ने चलनको विकास भयो । समय बित्दै जाँदा अहिलेको फोन ईन्टरने पुरै देशमा अधिपत्य जमाई सकेको छ । हरेका नागरिकहरुको हात÷हातमा अत्याधुनिक ईन्टरनेट सहित फेसवुक र अनलाइन अखवार पढ्न मिल्ने मोवाईल छन ।
प्रविधिको उच्च प्रयोग गर्नेहरुको एक दर्शक पुग्नै लाग्दा संचार क्षेत्रमा निकै परिवर्तन आएको पाईन्छ । केही समय देखि छिन÷छिनमा न्युज आईरहने साथै भिडियो समाचार सहितका अनेक खुराक समेटिएका अनलाईन मिडिया र वेभपेजर पोर्टलर ब्लक र फेसवुक पेजर गुरुप सञ्चालनमा आएसँगै विश्व हत्केलामा अट्ने भएको छ ।
त्यसै मध्येय पनि अनलाइनले आज विश्वब्यपी संजाल बन्न पुगेको छ । भने प्रिन्ट पत्रपत्रिकालाई विस्तारै विस्तापित गदैं गएको छ । त्यसैले गर्दा आज हरेक पेपर मेडियाले सजिलै नागरिसँग सूचना प्रवाह गर्नको लागि पेपरलाई पनि अनलाइन बनाएका छन ।
यी यस्ता विभिन्न सूचनाहरु नागरिकमाझ प्रवाह गरिरदा कतिपय अवस्थामा अनलाइन पत्रिकाले धेरै मुल्य चुकाउन पुगेका छन । हतार÷हतारमा सूचना प्रवाह गर्न लाग्दा नागरिकमाझ तथ्यफरक सूचना सम्प्रेषण गरिरहेका तथ्यहरु भेटिने गरेका छन । पत्रकारिताको आचारसंहिता र मान्यता नाघेर क्षणिक प्रलोभनमा अनलाइनक क्षेत्रको पत्रकारिता पेशा विग्रिदैं गएको छ ।
संचारको माध्यम चाहे त्यो प्रिन्ट माध्यम होस या विद्युतिय कम्तीमा सबैले सत्य÷तथ्य र आधारयुक्त सही समाचार सामाग्री पस्कने प्रयास गर्नु अति आवश्यक छ । त्यसै मध्येय पनि यो अनलाइन पत्रिकाले व्यक्तिगत अभिष्टा पुरा गर्न झुट र भ्रमागत विषय र विश्लेषण पस्कने काम गर्ने छैन भन्नेमा म विश्वस्त छु ।
खाली राजनीति र पोङ्गि गर्ने वेला भएको गल्ति हो, भनेर अरुलाई दोष दिएर सजिल्लै उम्कन खोज्नु अनलाइन पत्रकिारितामा आएको सवै भन्दा ठूलो रोग हो । तसर्थ प्रत्येक अपडेट गरेका सामाग्रीको विश्वासनीयता प्रति अति सजग र जवाफदायी हुन पर्ने हुन्छ ।
कुनै कुरा अनुसन्धान र खोजमा आधारित हुने र विना अनुसन्धान र खोज तथ्य, सत्य बाहिर आउँदैन । समाचार सामाग्रीहरु आकर्षकरुपमा प्रस्तुत पोष्ट गर्दा पाठकको ध्यान केन्द्रीत गर्ने गर्दछ । यसरी हाम्रो जस्तो सानो देशमा सञ्चारमाध्यमको विकास हुदै जानु राम्रो भएपनि तिनिहरुको सख्यात्मक रुपमा मात्र विकास भएको छ, भने गुणात्मक रुपमा विकास हुनसकेको छैन ।
फलस्वरुप आज अनलाइन पत्रिकाले नागरिकहरुलाई छिनछिनमा सूचनाको प्रवाह जिम्मेवारी भन्दा वाहिर गएको देखिने गरेको छ । यसले गर्दा आम समुदायमा के भ्रम भईहेको छ, भन्दा जनतालाई कुनै पनि सुचनाबाट सुसुचित हुनुभन्दा झन समाजलगाई भड्काउको रुममा अनलाइनले काम गरिरहेका छन्, भन्ने आम नागरिकहरुको बुझाई रहेको छ ।
वास्तवमा आम जनसमुदायमा अनलाइनह विश्वास दिने हो, भने अवको आउँदा दिनमा अनलाइन पत्रिकाले आचारसंहिता भित्र रहेर काम गर्नु पर्ने अवस्था आएको छ । यतिमात्र नभएर जति पनि सञ्चालनमा आएका अनलाइन छन उनीहरुल त्यसमा काम गर्ने कर्मचारीलाई श्रजीवी पत्रकार ऐन अनुसार तलवको पनि ब्यवस्था गरिनु पर्दछ ।
अहिले सवैभन्दा बढी पत्रकारहरुको श्रमशोषण अनलाइनबाट भएको छ, भन्ने तथ्यहरु सार्वजनिक भईरहका छन । त्यतिमात्र नभएर अनलाइनमा पनि अस्थायी पत्रकारलाई प्रक्रिया पु¥याई स्थायी गरिनु पर्दछ ।
त्यसपछि मात्र अनलाइनमा काम गर्ने कर्मचारीहरुको विकसित सूचना प्रविधिसँगै उच्च मनवोल पनि हुने छ । यी यस्ता तिता मिठा आलेखहरु अन्य आलेखमा लेख्ने प्रयास गर्ने छु ।
साथै यो अनलाइन पत्रिकाले पाठ र शुभचिन्तकले दिएका राम्रा–नराम्रा कुराहरुलाई आत्मसाथ गदैं आगामी दिनमा दैलेखबाट सञ्चालन गरिएको पश्चिम नेपाल डट कम अनलाइले पत्रकारिता क्षेत्रलाई मर्यादित, ब्यावसायिक, मिसन पत्रकारितलाई आत्मसाथ गर्दै अघि बढोस् यहि नै मेरो शुभच्छा ।
(लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन् ।)