| ५ भाद्र २०७३, आईतवार १६:५४
दैलेखको दोस्रो र कान्छो नगरपालिका दुल्लुको मुल सडकको अवस्था दयनिय बन्दा पनि सरोकारवाला निकाय तै चुप र मै चुपको अवस्थामा छन् । तल्लोडुङ्गेश्वर–दुल्लु हुँदै डाँडीमाडी जोड्ने सडक हिलाम्यबन्दा समेत सरोकारवाला पक्ष रमिते बनेका छन् ।
दुल्लु नगरपालिकाको पटागिनी चौकदेखि डाँडिमाडीसम्मको सडक खण्डमा खाल्डा र सडक हिलाम्मे बनेको छ । मुख्यगरी, असक्त बिरामी, सुत्केरी लगायत अन्य नागरिकलाई आवत जावतमा सास्ती हुने गरेको छ । वर्षातमा हिलो र हिउँदमा सडक धुलाम्मेबन्दा समेत सम्वन्धित निकायले सडक निर्माणमा चासो दिएको छैन ।
सुर्खेत देखि डाँडिमाडीसम्म बस जाने भएपनि हाल दुल्लुसम्म बस पुग्ने गरेको छ । सडक बेहाल बन्दा भैरी, कुसापानी, चामुण्डा लगायतका अन्य गाविसमा पुग्ने नागरिकले सास्ती भोग्नु परेको छ ।
प्रकाश अधिकारीबाट