गोजुरियो कँराते खेलमा नेपालबाट विजयी हाँसिल गर्न सफल खेलाडी डम्बरबहादुर शाहीलाई सम्मान गरिएको छ । आइतबार वीरेन्द्रनगरमा युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले शाहीलाई सम्मान गरेको हो ।
मलेसियाको क्वालालाम्मपुरमा सम्पन्न पाँचौँ दक्षिण एशियन गोजुरियो कँराते खेलमा ७२ राष्ट्रका खेलाडीहरुसंग ७५ केजीभन्दा तलको खेलमा प्रतिस्पर्धा गरेका थिए । उनी यो खेलमा तेस्रो भएका थिए ।
त्यस्तै, खेलाडी डम्बरबहादुर शाहीले सम्मान ग्रहण गर्दै उनले पहिलो दक्षिण एशियन गोजुरियो कँराते खेल इन्डियामा खेल्दा आफु पराजित भएको बताए । तर क्वालालाम्पुरमा भएको पाँचौं गजुराते खेलमा तेस्रो स्थान ल्याएर विजय हुँदा आफ्नै मातृभुमि आएर सम्मान लिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
राज्यले अन्य क्षेत्रभन्दा खेलमा गोजुरियो खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने उल्लेख गरे । प्रतिस्पर्धामा जादाँ राज्यले प्लेन खर्चबाहेक अरु आफैले व्यहोरेको दुखेसो पोखे ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य एवं गोजुराते कँरातेका क्षेत्रीय अध्यक्ष रविन्द्र लम्सालले अन्य खेलाडीभन्दा गोजुरियो खेलाडीहरुप्रति राज्यले त्यति चासो नराखेको बताए । खेलाडीले मुलुकको गौरव बढाउने भएकाले राज्यले सबै खेलाडीहरुलाई सम्मान व्यवहार गर्न आग्रह गरे ।
मुलुकमा पुर्वाधार पहुँच नभएकाले खेलाडीलाई खेलमा प्रतिस्पर्धा गर्न केही चुनौति आउने गरेको बताए । यस्ता समस्याले खेलाडीले खेलमा सोचे जति स्थान ल्याउन कठिनाई भएको उनको भनाई छ । युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले शाहीलाई बधाई दिएका थिए ।