☰ open Loading... 19 April 2024|  

वृद्धाको हत्या
  | १० भाद्र २०७३, शुक्रबार १७:०२

दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । विहिवार राती त्रिपुर नगरपालिका १० कि ५० बर्षिया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।

प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । उनको घाँटी र ढाड लगाएत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ ।

घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शब फेला परेको थियो । ईप्रका नारायणपुरका प्रमुख सई मोहनलाल अधिकारीका अनुसार राती नाच हेरेर फर्कन थालेका केहि युवाहरुले ओलीको शब देखेका थिए ।

ओली घरमा एक्लै रहँदै आएको र गएराती हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले संलग्नहरुको खोजीकार्य तिब्र पारेको जनाएको छ ।