☰ open Loading... 23 February 2025|  

स्ववियू निर्वाचन जारी (फोटो फिचर)
  | १२ भाद्र २०७३, आईतवार १३:२४

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भैरेहेको छ । अहिलेसम्म करिव ६० प्रतिशत मत खसेको छ । १० पदका लागि ६९ जनाको उम्मेदवारी परेको छ । विश्वविद्यालयमा कुल २ हजार पाँचसय विद्यार्थी अध्ययनरत छन् । तर करिव एक हजार ६ सयले मात्रै निर्वाचनमा भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

kkl klt

समाचार स्रोतका अनुसार निर्वाचन परिचयपत्र मध्य मात्र करिव एक हजार चारले मात्रै लिएका छन् । मतदान शान्तपूर्वक भैरेहेको निर्वाचन समितिले जनाएको छ । मतदान समय विहान ९ बजेबाट शुरु भएको हो ।

p1

चुनावी मैदानमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं), विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल छन् ।

mu1 mu2 mu3 mu4 mu5