☰ open Loading... 18 April 2024|  

ईन्टरनेश्नलमा तीज प्रतियोगिता
  | १७ भाद्र २०७३, शुक्रबार १५:१८

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ईन्टरनेश्नल को–अपरेटिभ एकेडेमी वीरेन्द्रनगरले शुक्रवार तीज विशेष कार्यक्र सम्पन्न गरेको छ ।
तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुले तहगत तीज नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए ।  नृत्य प्रतियोगितामा पूर्व प्राथामिक तह तर्फको प्रतिस्पर्धामा कक्षा एस. के. जी., आधारभुत तह कक्षा पाँच र माध्यामिक तहको कक्षा १० प्रथम भएका छन् ।

School News
कार्यक्रममा विद्यालयका शिक्षक—शिक्षिकाहरुले अथिती तथा अभिभावकहरुले तीज नृत्य प्रस्तुत गरेको विद्यालयलये जनाएको छ । कार्यक्रममा विद्यालयका संगित शिक्षक तथा राष्ट्रिय कलाकार प्रेमदेव गिरीले विद्यालयले संस्कृतिको जगेर्नामा विद्यालयले निर्वाह गरेको उच्च मुल्याङ्कन गर्दै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने सुझाब दिएका छन् ।

कार्यक्रम विद्यालयका शिक्षिका दुर्गा बिस्टको अध्यक्षतामा भएको थियो ।