☰ open Loading... 23 December 2024|  

साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि
  | २० भाद्र २०७३, सोमबार १७:२८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दीक्षित गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौ सभाको बैठकको निर्णयानुसार सोमवार काठमाडौँमा पहिलोपटक नेपाली साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले दीक्षित गरिएको हो ।

jhamak

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा उपाधि प्रदान गरेको मध्यपश्चिम विश्वविदालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपाली साहित्यका साधक झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले सम्मान गर्ने एतिहासिक निर्णय गरेकोमा धन्यवाद दिएको अधिकारी खड्काले बताए ।

झमकको व्यतित्व र कृतित्वको उच्च सम्मान भएको पनि बताउनु भएको राष्ट्रपतिको भनाई उद्धृत गर्दै खड्काले जानकारी दिए । विशेष दिक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गरेको यो सम्मानयोग्य कामको प्रंससा गरेका थिए ।

उनले आगामी दिनमा विश्वविद्यालयले सबैको निम्ति अनुकरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा शिक्षामन्त्री एवम् सहकुलपति, सम्पूर्ण विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, शिक्षा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयक सचिव, राष्ट्रिय योजना आयोगका सदस्य लगायतको उपस्थिती थियो ।

गत जेठमा विश्वविदालयको पाँचौ सिनेटमा सहभागी हुन सुर्खेत आइपुगेका तत्कालिन कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दीक्षित गर्ने निर्णय गरेको थियो ।