☰ open Loading... 22 October 2024|  

बलात्कारको प्रयास गर्ने दुई पक्राउ
  | २१ भाद्र २०७३, मंगलवार ०७:५७

विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई जना किशोरलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । युवतीका आफन्तको उजुरीका आधारमा दशेरा ८ बडावनका १८ बर्षिय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।

 ढिमे १ एक दमदाला स्थित एक विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका २ तिमिलेकी एक १३ बर्षिय किशोरीलाई ति युवकले बलात्कारको प्रयास गरेका थिए ।

युवती चिच्याएपछि ति युवकहरु तत्काल भागेका थिए । प्रहरीले ति दुवै जना किशोेरलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

new-add