☰ open Loading... 22 October 2024|  

कल्पना स्मृतिकोष स्थापना
  | २१ भाद्र २०७३, मंगलवार ०८:११

timthumb.php

गत वर्ष वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लव दैलेखले ‘कल्पना स्मृति कोष’ स्थापना गरेको छ ।

एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औँ स्थापना दिवस पारेर संस्था स्थापना गर्न विभिन्न सहयोग गरेको भन्दै उनका नाममा ‘कल्पना थापा स्मृति कोष’ स्थापना गरेको क्लवका अध्यक्ष दिपक कुमार शाहीले बताए ।

पहिलो पटक स्थापना गरिएको स्मृति कोषबाट एभरेष्ट क्लवले दैलेखको कला साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कलाकार मोहन गौतमलाई सम्मान गरेको छ ।

संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री कुन्ती शाहीले वितरण गरेको उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ ।

क्लबका सदस्य ३७ वर्षीय कल्पना थापाको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफनै घरमा निधन भएको थियो ।

मृतक थापाले विभिन्न गतिविधिमा पदक प्राप्त गरेकी थिईन् भने मध्यपश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिईन् ।  एभरेष्ट क्लव दैलेखले प्रत्येक वार्षिक साधारण सभामा कला सँस्कृति र खेलकुदको क्षेत्रमा अतुलनीय सहयोग पु¥याउने एक जनालाई सम्मान गर्ने बताएको छ ।