| २१ भाद्र २०७३, मंगलवार १३:४७
मुगु जिल्लाको रुगा गा.वि.स मा अवस्थित चङ्खेली हिमाल संरक्षणको अभावले ओझलमा परेको छ । रु. एकको नोटमा चित्रण भएको चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिँदा ओझलमा परेको हो ।
मुगुमा भएका पर्यटकीय सम्भावन बोकेका यस्ता प्राकृतिक सो्रत साधनलाई संरक्षण गरी प्रचार प्रसार गरेर राम्रो आम्दानी गर्ने ठाउँमा जिल्ला विकास समिति लगायत सरोकारवाला निकायहरु तैचुप र मैचुपको अवस्थामा छन् ।
प्राकृतीक सौन्दर्य मनोरम दुश्य सँगै बहुमल्य जडीबुटी कटुकी ,चिराईतो, भुल्त्या, सिलाजित लगायतका जडीबुटी पनी चङ्खेली हिमाल पाईने गरेकोे स्थानीय मोहन परियारले जानकारी दिए ।
चङ्खेली हिमाल हुम्ला र मुगुको सिमानामा पर्दछ ।