☰ open Loading... 5 February 2025|  

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)
  | २२ भाद्र २०७३, बुधबार १९:३१

निजामति सेवा दिवसका अवसरमा बुधबार अछामको सदरमुकाम मंगलसेनमा पनि मनाइएको छ । सेवा मैत्री र जवाफदेही प्रशासन–संघियतामा सुशासन भन्ने मुल नाराहित निजामति कर्मचारीहरुले दिवस मनाएका हन् ।

Acham

दिवसमा निजामति कर्मचारीहरुले मंगलसेन बजार परीक्रमा कार्यक्रमको आयोजना समेत गरिएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको समिक्षा कार्यक्रममा अछाम जिल्ला अदालतका जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले निजामती सेवा जनताको नजिकको सेवा भएकोले कर्मचारीले जनतालाई प्रभावकारी सेवा दिन आवश्यक रहेको बताएका थिए ।

ac2

जनतालाई सरल र सहज रुपमा सेवा दिएर मन जित्नुपर्ने सवै कर्मचारी लाग्नु पर्नेमा जोड सुझाव दिए । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी तथा निजामति सेवा समारोहका अध्यक्ष कोशलराज शर्मा तिमिल्सिनाल, अछामका स्थानिय विकास अधिकारी शिब प्रसाद हुमेगाई, नेपाली कांग्रेसका कार्यबहाक सभापति चन्द्र प्रसाद ढुंगाना, नेकपा एमालेका जिल्ला सदस्य भिम जनाला, नेकपा माओवादी केन्द्रका बम रावत, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, नेकपा माओवादी (क्रान्तिकारी) लोकेन्द्र शाही लगायतले शुभकामना भनाई राखेका थिए । उनीहरुले कर्मचारी जनताका सेवक भएकाले जनतालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

दिवसमा आयोजित कार्यक्रममा जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।  दिवसको अघिल्लो दिन मंगलबार टेवल टेनिस बोर्डको उद्घाटन र सरकारी कार्यालय परिसरमा वृक्षारोपण गरिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले जानकारी दिए ।