☰ open Loading... 24 July 2024|  

प्रधानमन्त्री ज्यू ! २० किलो चाहिदैँन्
  | २४ भाद्र २०७३, शुक्रबार १२:३०

बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारका तर्फबाट सम्बोधन गरेर ‘कर्णालीका मानिस जन्मिदा र मर्दा २० किलो चामल दिने’ सरकारी प्रतिबद्धता ब्यक्त गरे । कर्णाली बाहिरका मानिसलाई लाग्यो होला अब, कर्णालीमा बसाई सराई गर्न पाएको भए जन्मदा र मर्दा २० किलो चामल पाइन्थ्यो होला । प्रधानमन्त्रीलाई सोध्न मन लाग्यो के साच्चै कर्णालीमा २० किलो चामल मात्र चाहिएको हो ?

ramesh

प्रधानमन्त्री ज्यू, कर्णालीलाई कर्णालीमा जन्मिदा मर्दा २० किलो चामल चाहिएको छैन्, कर्णालीले मागेको पनि छैन् । कर्णालीको आवश्यकता के हो ? त्यो कुरा अझैँ बुझन सक्नु भएको रहेनछ भन्ने यस बाक्यले प्रष्ट पारेको छ ।

कर्णालीलाई २० किलो चामल दिने ‘दया’ देखाउनु भएकोमा प्रधानमन्त्रीलाई त धन्याबाद भन्न सकिएला । अर्को, तपाईको ‘दया’ देखाउने शब्दमा नै कर्णालीलाई हेपिएको छ । तपाई जस्तो गणतन्त्रको हिमायती संघियताको प्रखर अभियन्ताले यो घोषणाले दया मात्र दिन कत्तिको सुहाउथ्यो ? प्रश्न गर्न मन लाग्यो ।

प्रधानमन्त्रीको कर्णाली हेर्ने दृष्टिकोण हिजो राणा र राजा पंचायतकाल पंचेहरुको जस्तो रहेछ । मानिसको मानसिकता र सोचले नै मानिस कस्तो ब्यवहार गर्छ कस्तो राज्य नीति बनाउछ भन्ने सोच्छ । बर्तमान प्रधानमन्त्रीको सोच हिजोको सामान्ती राजाहरुको सोचभन्दा फरक रहनेछ भन्ने कुरा यो सम्बोधनले देखाउँछ ।

पंचायतका कालमा पंचेहरुले कर्णालीमा भोट बटुल्न र ‘दया’ देखाउन ‘सेतो चामल’को राजनीति खुबै चल्थ्यो । त्यो दरबारकै योजनामा सेतो चामलको राजनीति गरिन्थ्यो । विकास निर्माण, औसधोउपचार, सडक र शिक्षामा लगानी सुन्य नै हुन्थ्यो । आज पनि त्यो छ ।

प्रधानमन्त्री आज संसदमा सम्बोधन गरेर पंचे राजनीतिक जस्तै कर्णालीमा सेतो चामलको राजनीतिक गुर्नभयो ।प्रधानमन्त्री प्रचण्डले कर्णालीको बास्तबिकता अझैँ बुझनु भएको रहनेछ । कर्णालीलाई दया चाहिएको हैन् । यहाँ त अधिकार चाहिएको छ । शिक्षा स्वास्थ्य रोजगार सडक संजाल उद्योग जलबिद्युतमा लगानी चाहिएको छ । त्यसतर्फ ध्यान नदिएर सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीले ‘सेतो चामल’को राजनीति गर्नुभयो ।

प्रधानमन्त्री ज्यू हजुरले कर्णालीको संम्भवना देख्नु भएको रहनेछ । यो सानो पंत्तिकारले प्रधानमन्त्रीलाई संम्भवना देखाउन नपर्ने हो । बरु तलका हरफमा लगानी बढाउनु होला । ‘२० किलो चामल’ गर्ने लगानीले शिक्षा स्वास्थ्य सडकमा लगाउदा विकास होला ।

समय फरक छ बददिएको छ । कर्णाली हिजोको जस्तो छैन् । यहाँका मानिसहरु अहिले लगानीको खोजीमा छन् । कसैले चामल दिएर बाच्ने आशामा छैनन् । भोकमरी छ पक्कै पनि भोकमरी भित्र राजनीतिक पनि छ ।

ठुला स्वास्थ्य संस्था छैनन् । डाक्टर छैनन् । सिटामोल नपाएर मर्नुपर्ने अबस्था छ । बिश्वबिद्यालय छैनन् । अहिले पनि राम्रो शिक्षाका लागि नेपालका प्रमुख शहर गएर ठुलो खर्चमा पढ्नु पर्ने यहाँका मानिसको अबस्था छ । सडक नहुदाँ पिठ्यु भारी बोकेर टाढा टाढाबाट समान लैजानु पर्ने अबस्था छ । बिरामी पर्दा ढोकोमा बोकेर लैजानु पर्ने अबस्था छ । कर्णाली नदीमा पुल छैनन् तुहिनको जोखिम पूर्ण यात्रा गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।
सडक संजालले कालिकोट जुम्ला र मुगु जिल्ला छोएको भएपनि सडक स्तरउन्नती छैन् । एउटा सामान्य पहिरो आउँदा तिन दिन राजमार्ग अबरुद्ध हुन्छ । ग्रामिण इलाका सडक छोएको छैन् ।

सदरमुकाम मात्र सडक संजालले छोएका छन् ।
रोजगारी नभएर भारतमा ‘कुल्ली’ काम गर्न जानुपर्ने कर्णालीबासीको अबस्था रहेको छ । अहिले पनि असारमा खेती लगाएर भदौंमा बाली भित्रयाउन आउने हजारौं कर्णालीबासीको अवस्था छ । बाली भित्रयाएर लगाएर फेरी भारतमा नै कुल्ली काममा जान्छन् ।
कर्णालीमा जताजतै जलबिद्युत ठुला ठुला आयोजना बन्ने अवस्था छन् । त्यसतर्फ राज्यले तयारी गरोस् । जलबिद्युतको संम्भवाना देखाउने कर्णालीबासी छदैछन् ।

कृषिको ठुलो लगानीको चाहिएको छ । स्याउ खेती, जैतुन खेती, यार्साको खानी यसै क्षेत्रमा छ । जडिबुटी प्रसोधन केन्द्रको राम्रो संम्भावना रहेको छ ।

कर्णाली क्षेत्र अहिले पनि अथाह संम्भावना रहेको क्षेत्र मानिन्छ । अथाह संम्भावना रहेको क्षेत्र हुदाँहुदै पनि यहाँ लगानी मैत्री बाताबरण बन्न सकेको छैन् । लगानी मैत्री बाताबरण नहुदाँ यहाँ ठुला ठुला कलकारखाना र उद्योगधन्दा खुल्न सकेको छैनन् ।

ठुला उद्योगधन्दा र रोजगारीको ब्यवस्था नहुदाँ कामको खोजीमा बिदेशमा भौतारिनु यहाँका मानिसको दैनिकी बनेको छ । समस्या समस्याले भरिएको कर्णालीमा अहिले यहाँका उद्योगी, ब्यापारीहरु संम्भावना खोजी गर्न थालेका छन् । ब्यावसायीहरुले संम्भावना खोज्दै साना साना उद्योग जडिबुटी प्रसोधन केन्द्र, कृषिमा नगदे बालीतर्फ आक्रर्षित भएका छन् ।

कर्णालीमा पहिले र अहिलेमा फरक छ । ब्यापार, ब्यावसाय, रहनसहन, खानापान, जीवन शैलीमा फरकपन आएको छ ।
कर्णालीले संम्भावनालाई पहिल्याउने र तिनको विकास हुन सकेको छैन् । विकास केही पाटा पहिल्याउन नसक्दा केही समस्या भएर पनि आएका छन् ।

समस्या पहिल्याउन नसक्दा कर्णालीलाई अझैँ हामी सहि ढंगले सदुपयोग गर्न सकेका छैनौं । यहाँको उत्पादन, यहाँको भौतिक र प्राकृतिक सम्पतिको संरक्षण यिनै सम्पतिबाट समृद्धि खोज्ने कुरामा अझैँ पछाडी नै रहेको छ ।

कर्णाली चीन र भारतको ट्राजिन्ट प्वाइन्ट बन्ने राम्रो संम्भावना हो । बिगतमा चीन र भारतसँग हुने परम्परागत ब्यापार टुटेको छ ।

बिगतमा खच्चर, भेडा च्याङग्रालाई भारी बोकाएर नेपालको तराई क्षेत्रको र भारतको खाद्यान्न चीनमा लिएर बेच्ने र चीनबाछ नुन सुन ल्याएर भारत र नेपालको तराई क्षेत्रमा ब्यापार हुन्थ्यो । त्यो ब्यापारको कडी राणाशासनको अन्त्य पश्चात छुटेको छ ।

चीनसँग जोडिएका हिल्सा र नाक्चे लाग्ना नाका खुलेको भए चीन र भारतसँगको ब्यापारले प्रमुखता पाउथ्यो । नाक्चे लाग्ना खोल्ने, हिल्सा नाका खोल्ने बिषयमा बोलेको भए राम्रो हुन्थ्यो । ती कुनै कर्णालीमा संम्भवना देख्नु भएन प्रधानमन्त्री ज्यू ।

लघु बिद्युत, पर्यटन, रैथाने बालीको सम्बद्र्धन र प्रबद्र्धन हुन सकेको छैन् । यहाँ फल्ने फलफूल र जडिबुटीको ब्यापार हुन सकेको छैन् । यहाँ राम्रो फल्ने रातो कालो चामलको उत्पादनमा ह्रास आएको छ । कर्णाली अहिले पनि रोक भोग गरिबी देखाएर एकाध मान्छेका लागि कर्णाली बेची खाने भाडो बनेको छ ।

यही भित्र संम्भावना खोज्ने बाटोहरु बन्द गरिएका छन् । तिनै कर्णाली बेचिखानेका कुरा सुनेर चामलको राजनीतिक गर्नुभयो कि प्रधानमन्त्री ज्यूले ।

कर्णालीलाई ‘ग्रोथ एक्सिस’ विकास गर्ने संम्भवना हुदाँदुदै पनि प्रधानमन्त्री संम्बोधन यी कुरा दिन सक्नु पथ्र्यो । तर, यी सबै सम्भावना पर राखेर ‘मर्दा र जन्मदा २० किलो चामल’ दिनुभयो ।

दयाको भिग माग्ने पक्षमा अब कर्णाली छैन् । अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, विकास माग्ने पक्षमा कर्णाली छ प्रधानमन्त्री ज्यू । बरु, २० किलो चामल चाहिदैन् ।