☰ open Loading... 22 October 2024|  

दलिय अडानले सिमांङकन विवाद
  | २४ भाद्र २०७३, शुक्रबार ११:३७

जिल्लामा स्थानिय तह पुर्नसंरचना अँझै हुन सकेको छैन् । पछिल्लो समय तोकिएको म्याद घर्किन लाग्दा समेत दैलेखमा दलहरुको विवादका कारण सिमांङकन विवादित भएको हो ।
पटक पटक स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक समितिको बैठक बसेपनि दलिय विवादका कारण टुंगोमा लाग्न सकेको छैन् ।

समितिका एक सदस्यका अनुसार दुल्लु नगरपालिकामा गाविस मिसाउने र घटाउने, विसल्ला र चामुण्डामा वडाहरु विभाजन गर्ने की नगर्ने, लाँकुरी गाविसलाई नगरपालिकामा ल्याउने की नल्याउने र लयाटीविन्दासैनी क्षेत्रमा नगरपाकिका वा गाँउ पालिका बनाउने भन्ने विषयमा विवाद हुँदा सिमांङकन टुंगो लाग्न नसकेको हो ।

łदलिय विवादका कारण अहिलेसम्म सिमांङकन हुन सकेको छैन् । समितिका सदस्य सचिव समशेरबहादुर शाहीले भने, मोटामोटी खाका बनेपनि अन्तिम टुंगो लाग्न सकेको छैन् ।

सर्वसम्मत रुपमा विवादरहित तरिकाबाट टुंगाउने प्रयास अँझै हुन नसकेपछि जिल्लामा सिमांङकन हुन नसकेको हो । काँग्रेसले सिमांङकनबारे आफ्नो धारणा नै सार्वजनिक गरेको छैन् ।

काँग्रेसले स्थानीय निकाय कम भएको भन्दै थप्नुपर्ने लिखित रुपमै माग केन्द्रमा पठाएको छ । तर, जिल्लामा कसरी जाने भन्ने धारणा नै सार्वजनिक गरेको छैन् । श्रोतका अनुसार सहमतीबाट सिमांङकन टुंगाउने त्यसो नभए विकल्प सहित पठाउने तयारी भएको छ । समितिले यहाँका ११ ईलाकालाई नै सिफारिस गर्ने विकल्पका रुपमा लिईएको छ ।

दलिय विवाद नमिले विकल्प सहित पठाईनेछ । समितिका एक सदस्यले भने, जिल्लाको भनाईका लागि दलहरु सहमतीमा आउनु जरुरी छ ।
यसअघि जिल्लामा ८ स्थानीय निकायका लागि छलफल गाँउमै पुगेर समितिले गरिसकेको छ । जिल्लामा ३ पटक समितिको बैठक समेत बसीसकेको छ । तर, निचोड आउन सकेन् ।

समितिका स्थानीय विकास अधिकारी संयोजक रहने गरी जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत, जिल्ला वन कार्यालयको प्रमुख सदस्य रहने गरी जिल्लामा समिति रहेको छ । बैठकमा राजनितिक दलहरु आमन्त्रिणका रुपमा राखीने छ ।

श्रोतका अनुसार काँग्रेसले पाटीमा छलफल टुंगाएपनि समितिमा पेश गरेको छैन् ।

दलका नेताहरुले राजनितिक रुपमा पायक पर्ने गरी आफु अनुकुल स्थानीय निकाय बनाउन खोज्दा जिल्लामा निकास आउन नसकेको हो । स्थानीय निकायको मुकामदेखी सिमांकङनसम्म दलहरुले अडान लिदा टुंगो लाग्न नसकेको समितिका सदस्यहरुले बताउँछन् । श्रोतका अनुसार जिल्लामा ५ नगरपालिका र ३ गाँउ पालिका बनाउने तयारी गरिएको छ ।