☰ open Loading... 18 May 2024|  

एशियनको सुर्खेत शाखा देशमै प्रथम
  | २५ भाद्र २०७३, शनिबार १९:४५

नौ वर्षमा २५ हजार विमित

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखा देशमै प्रथम भएको छ । कम्पनीका देशभरी रहेका २३ वटा शाखाहरु मध्येबाट सबै भन्दा बढी वीमा शुल्क संकलन गरेवापत सुर्खेत शाखा प्रथम भएको हो । शाखाले गत वर्ष ६ करोडको प्रिमियम सहित वार्षिक १५ करोडको कारोवार गरेको छ ।

एशियन शाखा सुर्खेतले एक करोड भन्दा बढीको वीमाङ्क गर्ने कल्पना कार्की, रामबहादुर नेपाली र विनिता पुनलाई सम्मान गर्दै शाखा प्रमुख विजय पराजुली ।
एशियन शाखा सुर्खेतले एक करोड भन्दा बढीको वीमाङ्क गर्ने कल्पना कार्की, रामबहादुर नेपाली र विनिता पुनलाई सम्मान गर्दै शाखा प्रमुख विजय पराजुली ।

सुर्खेत शाखाले नौ वर्षको अवधिमा मध्य तथा सुदूरपश्चिमका नौ जिल्लामा २५ हजार बढीको इन्स्योरेन्स गरेको जनाएको छ । शाखाले कर्णालीका पाँच जिल्लाका साथै दैलेख, जाजरकोट, सुदूरपश्चिमको अछाम र सुर्खेतमा कारोवार गर्दै आएको छ ।

‘पछिल्लो समय जीवन वीमाको महत्वका बारेमा धेरैले बुझ्दै गएका छन्,’ ‘शाखा कार्यालयका विभागीय प्रबन्धक विजय पराजुलीले भने, ’हरेक वर्ष जीवन वीमा गराउनेहरुको संख्या बढ्दै गएको छ ।’

शाखा कार्यालय अन्र्तगत पाँच हजार पाँच सय भन्दाबढी अभिकर्ताहरु छन् । गाउँगाउँमा जीवन वीमाको महत्व बुझाएर जीवन रहँदा पनि नरहँदा पनि सुरक्षित हुने भएकाले विमितहरु आकर्षित हँदै गएको उनको भनाइ छ ।

‘मध्यपश्चिममा एशियन लाईफप्रति विमितको विश्वास तथा अभिकर्ताको प्रयासले व्यवसाय बढाउन सफल भएका छौं,’ उनले भने, ‘सुर्खेतलाई केन्द्रविन्दु बनाएर शुरु भएको विमा कार्यक्रमलाई थप विस्तार गर्दै बाँकी जिल्लाहरुमा यस वर्षदेखि विस्तार गर्ने योजना छ ।’

उनले गाउँघरमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै सुरक्षित वीमाप्रति जनतालाई अधिक सूचित गराउन आवश्यक रहेको औल्याए । उनका अनुसार ग्रामीण भेकमा अभियानमुखि वीमा कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

सुर्खेत शाखाले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रममा तीन जनालाई करोडपति सम्मान सहित ४३ जनालाई प्रशंसापत्र तथा मायाचिनो प्रदान गरिउको छ ।

एक करोड भन्दा बढीको वीमाङ्क गर्ने कल्पना कार्की, रामबहादुर नेपाली र विनिता पुनलाई विशेष सम्मानले सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा युवराज पौडेल, भूपेन्द्रबहादुर शाही, प्रवेशमान मानन्धर, लोकप्रसाद ढकाल, हरिहर बस्नेत बसन्तराज गौतम, पार्वतीकुमारी गिरी, दलबहादुर गुरुङ, यस.यज्ञप्रसाद ढकाल, सरस्वती बस्नेत रहेका छन् ।

त्यस्तै जानकीकुमारी देवकोटा, हेमाकुमारी वन, रुद्रबहादुर गाहा, किशोरकुमार रेग्मी, नवराज गुरुङ, अञ्जु डाँगी, यज्ञप्रसाद ढकाल, प्रदिपकुमार बस्नेत, सीताकुमारी शर्मा, सिताकुमारी पाण्डे, अमरबहादुर थापा, पूर्णबहादुर नेपाली, रविन्द्रकुमार थापा, गोमा बस्नेत, वेदप्रकाश ढकाल, मिलन श्रेष्ठ, राजकुमारी कार्की, मिठ्ठुकुमारी केसी, जगतबहादुर शाह र खड्कबहादुर चन्द रहेका छन् ।

यसैगरी अमरबहादुर थापा, अस्मित घिमिरे, ओमबहादुर बुढा, कमलाकुमारी तिवारी, ध्रर्वबहादुर सिंह, चन्दबहादुर बुढा, बमबहादुर विसी, शोभा कार्की लगायत रहेका छन् ।

कार्यक्रममा निर्मला पाठक, अरुण भट्टराई, पारषमणि खनाल, शान्ति चौधरी लगायतका कम्पनीका कर्मचारीहरुको सहभाति रहेको थियो । कार्यक्रम शाखाका वरिष्ठ सहायक गोविन्द ढकालले सञ्चालन गरेका थिए ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतले एक करोड भन्दा बढीको वीमाङ्क गर्ने कल्पना कार्की, रामबहादुर नेपाली र विनिता पुनलाई सम्मान गर्दै शाखा प्रमुख विजय पराजुली ।
फोटोः–