☰ open Loading... 23 December 2024|  

१५ करोडको तरकारी निर्यात
  | २७ भाद्र २०७३, सोमबार ०८:१४

सल्यानबाट गत वर्ष मात्रै १५ करोड मुल्य बराबरको तरकारी निर्यात भएको छ । जिल्लाका फालावाङ, रीम, धनवाङ, सिनवाङ, गर्पा लगायत गाविसका किसानले व्यवसायिक रुपमा तरकारी उत्पादनलाई बढवा दिएपछि निर्यात बढेको हो ।

सल्यानमा गोलभेडा, बन्दा, काउली तथा अन्य विभिन्न वेमौसी तरकारी खेतीहरु हुँदै आएको छ । यहाँका कृषकहरुले तरकारि खेतीबाट नै वार्षिक झण्डै चारलाख आम्दानी गरेको कृषकहरु बताउँछन् ।

जिल्लाका विभिन्न गाविसमा कृषकहरु व्यवसायीक रुपमै तरकारि खेती आवद्ध भएपछि तरकारी निर्यात दर पनि बढेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कपुरकोट क्षेत्रका अधिकाँश किसानले तरकारी उत्पादन गर्दै आएका छन् । कपुरकोटबाट नै गत साढे २ करोड रुपैयाँको तरकारी बाहिर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष शोभाकर शर्माले जानकारि दिए ।

तर जिल्ला भरबाट गएको आर्थिक वर्षमा १५ करोड ७२ लाख बढिको ताजा तरकारी निकासी भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ट कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिए ।

तरकारी उत्पादनलाई व्यवसायिक बनाउन कृषकहरुको सहजताका लागि कृषि समूह तथा सहकारीमा आवद्ध गराएर सामूहिक तरकारी खेतीमा जुटेको पनि अधिकृत लुइटेलको भनाई छ ।

उनका अनुसार कृषि कार्यालय तथा अन्य विभिन्न संस्थाहरुले अनुदान समेत दिन थालेपछि तरकारी उत्पादन संगै कृषकहरुको आम्दानी स्तर बढेको हो ।