☰ open Loading... 20 April 2024|  

फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’
  | २७ भाद्र २०७३, सोमबार १५:४८

जिल्ला सदरमुकाम देखि २८ कोष टाढा रहेको थवाङ सधै चर्चाको विषय बनिरहन्छ । भौगोलिक विविधता र तत्कालिन नेकपा माओवादीले वर्ग संघर्ष (द्वन्द्व) को उद्गम थलो मानिने थवाङमा प्रशस्त सम्भावनाहरु हुँदा हुँदै पनि ओझेलमा परेको छ ।

थवाङीहरु गाउँको विकास नभएको भन्दै रोजगारी लागी विदेश पलायन हुने गरेका छन् । तर, जिल्लाका केही संस्थाहरुको अगुवाईमा आर्थिक र आत्मनिर्भर थवाङ बनाउन जुटिरहेका छन् ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको गैर सरकारी सस्थां ग्रामीण विकास तथा चेतना समाज (रुडास) रोल्पा र गरीबी निवारण कोषले गरीबी निवारण कार्यक्रमले थवाङले विकासको कोल्टे फेर्न थालेको थवाङबासी बताउँछन् ।

thabang

२०६७ सालबाट थवाङका नागरिकहरुको जीवनशैलीमा परिवर्तन ल्याउने उद्धेश्यले कार्यक्रम सञ्चालन भएको थियो । थवाङ–१ को मायाँखर्कमा सलापधुरी सामुदायिक संस्थाको गठन भएसँगै थवाङीको जीवनशैलीमा सुधार आएको अगुवाहरुको भनँई छ ।

कार्यक्रम सञ्चालन हुनु पूर्व शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली लगायका पुर्वाधारहरुको विकास हुन सकेको थिएन् । साथै स्थानीयको जीवनस्तरमा सुधार ल्याउन जिल्लाका सरकारी तथा गैरसरकारी संघ सस्थांहरुले समेत चासो दिएका थिएनन् ।

कार्यक्रम सञ्चालन आए लगतै थवाङीले उज्यालो महशुस गरेका छन् । हाल लघुजलबिद्युत आयोजनाले गाउँ नै उज्यालो बनेको छ । गरिबी निवारणको ८० प्रतिशत र समुदायको २० प्रतिशत रकममा लघुजलबिद्युत योजना निर्माण भएको छ ।

गाउँमा बिजुली वत्ती आउँदा बालबालिकाहरुलाई पढ्न र अन्य काम गर्नमा समेत सहज भएको स्थानीय दिपनारायण पुनले बताए । उनका अनुसार हाल गाउँमा बिजुली आउँदा स्थानीयहरुलाई विभिन्न व्यवसाय गर्न, बत्ती बाल्न, टी.भी हेर्न सहज भएको छ ।

यता जिल्लाको पुर्वी क्षेत्र सेरममा पनि स्थानीयको जीवन शैलीमा सुधार आएको छ । जनजाती र दलित समुदायको बाहुल्यता रहेको यस गाविसमा ग्रामीण विकास तथा चेतना समाज (रुडास)को गरीबी निवारण कार्यक्रमले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

यहाँका स्थानीयहरु हाल आयआर्जन, व्यवसायको लागि घुम्तिकोष लगायतका कामहरु गर्ने गरेको स्थानीय हस्तबहादुर पुनले बताए ।